बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

‘एक्स नाइन’ मा जोडिएलान् त अनमोल ?

आइतबार, ०५ वैशाख २०७८, १५ : ३१
आइतबार, ०५ वैशाख २०७८

काठमाडौंँ । फिल्म ‘एक्स नाइन (लेभल वान) निर्माण हुने भएको छ । निर्देशक मुकुन्द भट्टले यो फिल्म बनाउन लागेका हुन् । भट्टले सामाजिक सञ्जालमार्फत फिल्मको एक पोस्टर सार्वजनिक गर्दै फिल्मको जानकारी दिएका हुन् । फिल्मका लागि कलाकार पुष्प खड्का, सौगात मल्ल र निश्चल बस्नेत पनि छनोट भएको बुझिएको छ ।

अभिनेता अनमोल केसीलाई पनि फिल्मको अफर गरिएको छ । जसको खुलासा अनमोलले केही दिन अगाडि गरेका थिए । तर फिल्म अभिनय गर्ने नगर्ने भन्ने बिषयमा उनले केही बताएका छैनन् । निर्देशक भट्टले फिल्मको कलाकारसहित सबै पक्षको जानकारी २० वैशाखमा एक कार्यक्रम सहित दिने बताए ।  सरोज रिजाल कार्यकारी निर्माता रहेको फिल्मको निर्माता यादव प्रसाद पाठक हुन् ।

भट्टले यस अगाडि निर्देशन गरेको फिल्म ‘लप्पन छप्पन २’ प्रदर्शनका लागि तयार रहेको छ । नयाँ वर्षको अवसर पारेर फिल्म गत चैत्र २७ मा प्रदर्शनमा आउने तरखरमा थियो । कोरोनाको कहर बढेपछि फिल्मको रिलिज भने रोकियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप