एकै समयमा एमाले र माओवादीकाे बैठक बस्दै
काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रले एकै दिन बैठक बोलाएका छन् । नेकपा एमालेले सोमबार केन्द्रीय समिति बैठक बोलाएको छ भने माओवादी केन्द्रले स्थायी समिति बैठक बोलाएको हो ।
एमालेको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाइएको छ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको केन्द्रीय सदस्य शेरबहादुर तामाङले जानकारी दिए । उनका अनुसार बैठकमा समसामयिक विषयमा छलफल हुनेछ । साथै राजनीतिक प्रतिवेदन, महाधिवेशन र कार्यविभाजनका बारेमा छलफल र निर्णय हुने नेता तामाङको भनाइ छ ।
यसैगरी सोमबार दिउँसो १ बजे नै नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक बोलाइएको छ । माओवादी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालका अनुसार स्थायी समिति बैठक पार्टी कार्यालय पेरिसडाँडामा बस्नेछ । माओवादीले सम्भवतः सोमबारको बैठकबाट सरकारलाई दिएको समर्थन फिर्ता लिने नेताहरुले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सय दिने विशेष अभियान सफल पार्न कांग्रेस सुदूरपश्चिमले खटायो ४३ प्रतिनिधि
-
बगेको बुलेटभित्र थियो ६ मेट्रिकटन ग्यास, जोखिम कति ?
-
उदयपुर, सुनसरी र सप्तरीका नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह
-
झ्याप्ले खोला दुर्घटनामा पर्ने अधिकांश रुपन्देहीका भएको आशंका
-
बाढी पहिरोमा परेर ज्यान गुमाएकाहरूका परिवारलाई तत्काल क्षतिपूर्ति दिन राप्रपाको माग
-
उद्धार कार्यमा जुट्न पार्टी पङ्क्तिलाई रास्वपाको निर्देशन