शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

हिनाले सार्वजनिक गरिन् हट तस्बिर, फ्यानले दिए यस्तो धम्की

आइतबार, ०५ वैशाख २०७८, १४ : १३
आइतबार, ०५ वैशाख २०७८

मुम्बई । अभिनेत्री हिना खान अक्सर आफ्नो लुक्सको कारणले चर्चामा रहन्छिन् । उनी हरेक दिन सामाजिक सञ्जालमार्फत आफ्नो बोल्ड तथा ग्ल्यामरस तस्बिर समेत शेयर गर्ने गर्छिन् । जसलाई फ्यानले प्रशंसा बर्साउने गरेका छन् ।
हालै उनले केही हट एण्ड ग्ल्यामरस तस्बिर सार्वजनिक गरेकी छन् । जसलाई फ्यानले मजाक गर्दै केस गर्ने धम्की दिएका छन् । जसको जवाफ अभिनेत्रीले पनि सोहीअनुसार दिएकी छन् ।

अभिनेत्रीसँग सवाल जवाफको सिलसिलामा एक फ्यानले लेखेका छन् ‘म तपाईलाई केस गर्छु । अहिलेको यस्तो गर्मीमा आफ्नो तस्बिरबाट मार्न चाहनुहुन्छ ।’ जवाफमा हिनाले लेखेकी छन् ‘गर्नुस् ।’ हिनाको यो पोष्ट निकै भाइरल भैरहेको छ । फ्यानले कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया समेत दिइरहेका छन् ।

कामको कुरो गर्ने हो भने हालै हिना एक म्युजिक भिडियोमा देखिएकी छन् । जसमा रहेको उनको लुक्स रुचाइएको छ । भिडियोमा स्टेबिन बेनको पनि महत्वपूर्ण भूमिका थियो । गीत समेत दर्शकले रुचाएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप