शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अमेरिकाको नेब्रास्कामा गोली चल्यो

आइतबार, ०५ वैशाख २०७८, १३ : ४५
आइतबार, ०५ वैशाख २०७८

नेब्रास्का । संयुक्तराज्य अमेरिकाको नेब्रास्का राज्यमा शनिबार एउटा मलमा चलाइएको गोली लागेर दुई व्यक्ति घाइते भएका छन् । स्थानीय प्रहरीका अनुसार ओमाहा शहरको वेस्टरोड्स मलमा उक्त घटना भएको थियो । गोली चलाउने व्यक्ति फरार भएका र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

घाइते एक व्यक्तिको स्वास्थ्य अवस्था निकै नाजूक रहेको बताइएको छ । अर्का व्यक्ति भने सामान्य घाइते अवस्थामा छन् । दुबैको अस्पतालमा उपचार भइरहेको छ ।  गत बिहीबार राति इन्डियानापोलिसको फेडएक्स कार्यालयमा भएको गोली काण्डमा आठ जनाको मृत्यु भएको थियो । 

अधिकारीहरुले उक्त गोली काण्डका मुख्य शंकास्पद व्यक्तिले आत्महत्या गरेका जनाएको छ । –सिन्ह्वा

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप