‘पबजी मोबाइल च्याम्पियनसिप २०२१’को मुख्य प्रायोजकमा टीभीएस, विजेतालाई टीभीएस एनटर्क १२५
काठमाडौं । टीभीएस मोटर कम्पनीले नेपालमा ‘पनबजी मोबाइल च्याम्पियनसिप २०२१’ का लागि प्रायोजन गर्ने भएको छ । टीभीएसको ब्लुटुथ जडित स्कुटर टीभीएस एनटर्क १२५ को ट्यागलाइन ‘प्ले स्मार्ट’ भनिएको छ ।
पबजी नेपालको जेन जेड मध्येको एक लोकप्रिय खेल हो र यो च्याम्पियनसिपले गेमिङ क्षेत्रले सबैभन्दा राम्रो प्रतिभा भएको खेलाडीहरुलाई ल्याउन लागेको जनाएको छ । च्याम्पियनसिप रेजिष्ट्रेशन वैशाख ५ देखि शुरु हुने र तीन भाग्यशाली विजेताहरूले टीभीएस एनटर्क १२५ सुपर स्क्वाड एडिसन स्कुटर जित्ने मौका पाउँनेछन् ।
जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक अग्रवालले नेपालका युवाहरुलाई सधै प्रेरित गर्ने र यस्ता प्लेटफर्महरुलाई प्रोत्साहन गर्नेमा केन्द्रित भएको बताए ।
‘पबजी मोबाइल च्याम्पियनसिप २०२१’ ले ६ सयभन्दा बढी टिम, २५ स्ट्रिमिङ च्यानलहरू र १६ स्ट्रिमरहरुको सहभागिताको अपेक्षा गरेको छ जसमा लोकप्रिय एनटीटी जस्तै ‘फोरके गेमिङ नेपाल’ ‘एसके ४९’ र ‘मिस्टर हाइयोजु’ समावेश छन् । च्याम्पियनसिप आगामी ४५ दिनसम्म चल्ने टीभीएसले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छात्रवृत्ति दरखास्तका लागि त्रिभुवन विश्वविद्यालयले थप्यो समय
-
राष्ट्रिय वाणिज्य बैंकद्वारा प्रमुख कार्यकारी अधिकृतको लागि दरखास्त आह्वान
-
काठमाडौँ महानगरले माग्यो कृषि विज्ञ
-
आज काठमाडौँका यी स्थानमा विद्युत् सेवा दिनभरजसो अवरुद्ध हुने
-
मासिँदै सडकपेटी, हराउँदै पैदलमार्ग (फोटोफिचर)
-
एसीसी प्रिमियर कप : तेस्रो स्थानका लागि नेपाल र हङकङ भिड्दै