‘एमसीसी सम्झौताप्रति काँग्रेस सकारात्मक’
आइतबार, ०५ वैशाख २०७८, १३ : २१
गलकोट । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. डिला सङ्ग्रौलालाले आफ्नो पार्टी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताप्रति सरकारात्मक भएको जानकारी दिएकी छन् । नेपाल प्रेस युनियन बागलुङद्वारा आज आयोजित पत्रकार भेटघाटमा उनले वर्तमान सरकारले एमसीसी सम्झौतालाई सदनबाट अनुमोदन गर्न आवश्यक प्रक्रिया अगाडि बढाउनुपर्ने र त्यसमा काँग्रेसको साथ रहने जानकारी दिइन् । “एमसीसीप्रति काँग्रेस सकारात्मक छ । विकास र समृद्धिका लागि काँग्रेस बाधक छैन” उनले भनिन् ।
उनले वर्तमान सरकारले गरेका सबै काम अलोकतान्त्रिक र असंवैधानिक भएको आरोप लगाउँदै काँग्रेसको नेतृत्वमा अबको सरकार बन्ने विश्वास व्यक्त गरिन् । उनले भनिन्, ‘गण्डकी प्रदेश समेतमा काँग्रेसको नेतृत्वमा सरकार बन्न लागेको छ ।’ कोरोना जोखिम समेतमा सरकारले प्रभावकारी भूमिका खेल्न नसकेको उनले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा