५२ लाख ४१ हजार कित्ता सेयर भोलिबाट बिक्री हुँदै
अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले वैशाख ६ (भोलि) देखि सेयर निस्कासन गर्दैछ । कम्पनीले ५० हकप्रद सेयर निष्कासन गर्न लागेको हो । कम्पनीले १ सय रुपैयाँ अंकित मूल्यमा ५२ लाख ४१ हजार १ सय ९७ कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो ।
कम्पनीले जारी गर्न लागेको हकप्रद सेयरमा लगानीकर्ताले वैशाख २६ गतेसम्म आवेदन दिन पाउँनेछन् ।
यसमा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटलले गर्नेछ । यो सेयरमा मुक्तिनाथ क्यापिटल, अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, ट्रेड टावर, थापाथली, मुक्तिनाथ विकास बैंकको इटहरी, इलाम, पोखरा, नागढुंगा, नारायणगढ, सुर्खेत, नेपालगन्ज, धनगढी र जनकपुर शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।
कम्पनीको हकप्रद सेयरलाई रेटिङ्ग एजेन्सी केयर रेटिङ्ग नेपालले केयर एनपी डबल बी प्लस इस्युअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व वहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।
हाल यसको चुक्ता पुँजी ९९ करोड ५७ लाख रुपैयाँ छ । हकप्रद बिक्रीपछि अरुण भ्यालीको चुक्ता पुँजी १ अर्ब ५७ करोड २३ लाख ५९ हजार रुपैयाँ पुग्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२५ औँ मनमोहन स्मृति दिवस विविध कार्यक्रम गरी मनाइँदै
-
अमेरिकाले युक्रेनलाई गोप्य रूपमा लामो दुरीका क्षेप्यास्त्र उपलब्ध गराएको खुलासा
-
नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न
-
विश्वभर किन बढ्दै छन् प्रोस्टेट क्यान्सरका बिरामी ?
-
इटालीका राष्ट्रपति माटारेलासमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत
-
फेरि धरमरायो प्रचण्ड सरकार, गठबन्धन टिक्नेमा सत्ताधारी दलहरूलाई नै शङ्का