बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

टेलिभिजनका सबैभन्दा बढी पारिश्रमिक लिने सेलिब्रेटी

आइतबार, ०५ वैशाख २०७८, ११ : ३२
आइतबार, ०५ वैशाख २०७८

भारतीय टेलिभिजन क्षेत्र निकै अगाडि बढिसकेको छ । टेलिभिजन शो तथा वेभ सिरीज बनाउन लगभग एउटा फिल्म बराबरको बजेट खर्च गर्न थालिएको छ । टेलिभिजन शो मात्र होइन यसमा काम गर्ने सेलिब्रेटीहरुको पनि अवस्था निकै उच्च रहेको छ । उनीहरुले लिने पारिश्रमिक फिल्मका स्टारको जति नै रहेको छ । 

जसमध्ये धेरै पारिश्रमिक लिने केही सेलिब्रेटीहरु यी हुन्ः 

हिना खान 
टेलिभिजन शो ‘ये रिश्ता क्या कहलाता है’ की अक्षरा अर्थात् हिना खान एक एपिसोडको बराबर २ लाख (भारतीय रुपियाँ) लिने गर्छिन्  । 

राम कपूर
‘बडे अच्छे लगते हैँ’, ‘कसम से’, ‘करले तू भी मोहब्बत’ जस्ता टेलिभिजन सिरीजमा काम गर्ने कपूर एक एपिसोड बराबर १.२५ लाख लिने गर्छन्  । 

कपिल शर्मा 
‘कमेडी किङ्ग’ कपिल शर्मा एक एपिसोडको ५० लाख लिने गर्छन्  । 

सुनील ग्रोवर 
कपिल शर्मासँगै दर्शकलाई मनोरञ्जन दिँदै आएका सुनीलले एक एपिसोड बराबर १० देखि १२ लाख लिने गर्छन् । 

दिव्या त्रिपाठी
भारतीय टेलिभिजन क्षेत्रकी दिव्या त्रिपाठी एक दिनको फि १.५ लाख लिने गर्छिन् । 

मोहित रैना
‘देवो के देव महादेव’ मार्फत चर्चामा आएका टेलिभिजन अभिनेता मोहित रैना कुनै पनि एक एपिसोडका लागि १ लाख लिने गर्छन्  । 

साक्षी तंवर
उनी एक एपिसोडका लागि १.२५ लाख लिने गर्छन्  । 

रोनित रोय
रोनित रोयले एउटा एपिसोडको १.२५ लाख लिने गर्छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप