शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

१० वैशाखदेखि नवौं नेपाल अफ्रिका फिल्म फेस्टिभल

आइतबार, ०५ वैशाख २०७८, ११ : २६
आइतबार, ०५ वैशाख २०७८

काठमाडौं । ‘नेपाल अफ्रिका फिल्म फेस्टिवल–२०२१’ (नाफ २०२१) यही १० वैशाखदेखि १२ गतेसम्म जमलस्थित सांस्कृतिक संस्थानमा आयोजना हुने भएको छ । 
कलेज अफ जर्नालिज्म एन्ड मास कम्युनिकेशनले आयोजना गर्न लागेको महोत्सवको यो नवौं संस्करण हो ।  महोत्सवमा नेपाल र अफ्रिकाको सिनेमा एवम् संस्कृतिको बारेमा एक दिने बहस समेत हुने आयोजकले जनाएको छ ।

महोत्सव अध्यक्ष डा. मञ्जु मिश्रले नेपाल र अफ्रिकी महादीपलाई चलचित्रको माध्यमबाट सांस्कृतिक रुपमा जोड्न र आपसी साँस्कृतिक आदन प्रदानका लागि विगत नौ वर्षदेखि महोत्सव आयोजना गर्दै आएको जानकारी दिइन् । मिश्रका अनुसार यो वर्ष कोभिडले पारेको नेपाली र अफ्रिकी सिनेमा बजारको प्रभावबारे पनि कार्यशालामा बहस हुनेछ ।

गत डिसेम्बरमा हुनुपर्ने यो महोत्सव कोभिड १९ कै कारण वैशाखमा आयोजना गर्न लागिएको हो । नेपाल अफ्रिका फिल्म फेस्टिबलका निर्देशक डब्बु क्षत्रीका अनुसार महोत्सवमा नेपालबाट ७ वटा चलचित्र चयन भएका छन् । जसमा एउटा बृत्तचित्र र बाँकी लघू चलचित्र रहेका छन् । 

नेपालबाट चयन भएका चलचित्रहरुमा निर्देशक गणेश पाण्डेको को हज्बेन्ड, निर्देशक हिमाल उप्रेतीको आमा, निर्देशक माधवराज खरेलको दुर्गामान्डु, गणेशजँग रावलको सम्साया, सजल लोप्चनको गाईड, पुरुषोत्तम बस्नेतको सुरक्षा, निपिल शर्माको द फाईनल फेयर वेल र युनिषराज उप्रेतीको बाटोमा रहेका छन् । 

नेपाल र अफ्रिकाका विभिन्न मुलुकबाट प्राप्त भएका करिब ७० वटा चलचित्र मध्यबाट महोत्सबको चलचित्र निर्णायक समुहले जम्मा १८ वटा लामा छोटा चलचित्र चयन गरेको छ । जसमा चलचित्र, लघू चलचित्र र बृत्तचित्र छन् । 

महोत्सबमा अफ्रिकी मुलुकबाट चयन भएका चलचित्रमा जिम्वावेबाट गुड म्यान, थन्डिज् डायरी, इजिप्टबाट बबल्स्, ड्राई हट समर, एक्जिट र द स्पारो किड्स रहेका छन् । यस्तै निमिभिया÷ब्राजिलबाट बडी गेम्स, स्विट्जरल्यान्ड र रुवान्डाबाट इम्फुरा, तान्जानियाँ÷चिनबाट तजारा र सेनेगलबाट गोल्डेन फिस चयन भएका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप