शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

काँग्रेस बैठक बस्दै : महाधिवेशन र सत्ता समीकरणबारे छलफल हुने

आइतबार, ०५ वैशाख २०७८, ११ : ०८
आइतबार, ०५ वैशाख २०७८

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस केन्द्रीय कार्यसमित बैठक बस्दै छ । काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कष्णप्रसाद पौडेलका अनुसार आज दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा १४ औं महाधिवेशन र राष्ट्रिय तथा प्रादेशिक राजनीतिबारे छलफल हुने छ ।

रातोपाटीसँग उनले भने, ‘मुख्यत १४ औं महाधिवेशनका तयारी र क्रियाशील सदस्यता वितरण तथा नवीकरणका लागि म्याद थप गर्ने विषय छ । केन्द्रीय समिति बैठक भएकाले राष्ट्रिय तथा प्रादेशिक राजनीतिक घटनाक्रमबारे छलफल हुन्छ ।’

काँग्रेसले केन्द्रदेखि प्रदेशसम्म एमाले नेतृत्वको सरकारको विकल्पमा अन्य दलसँग सहकार्य गरेर जाने नीति लिएको छ । एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारको विकल्प दिने अग्रसर हुने निर्णय लिएको काँग्रेस प्रदेशमा पनि एमाले सरकार ढाल्न प्रयासरत छ ।

कर्णालीमा माओवादी केन्द्रको सरकारलाई साथ दिएको काँग्रेसले गण्डकी र लुम्बिनीमा पनि नयाँ सरकार निर्माणका लागि गठबन्धन बनाइरहेको छ । सोही अनुसार गण्डकीमा गत विहीबार काँग्रेसले आफ्नो नेतृत्वमा सरकार बनाउन अविश्वासको प्रस्ताव समेत दर्ता गराइसकेको छ ।

एमालेकै माधव नेपाल पक्षले ओली समूहलाई साथ नदिएने संकेत देखाएकाले अन्य प्रदेशमा पनि सत्ता परिवर्तन हुने अनुमान छ । यस विषयमा पनि बैठकमा छलफल हुने छ । गत मंगलबार जसपाका अध्यक्षद्वय उपेन्द्र यादव, बाबुराम भट्टराई र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भएको छलफलबारे पनि देउवाले बैठकमा बिफ्रिङ गर्ने बुझिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप