केन्द्रीय संस्करण

जलवायु परिवर्तनका सम्भावित प्रभाव

person explore access_timeबैशाख ५, २०७८ chat_bubble_outline0
साङ्केतिक तस्विर

जलवायु परिवर्तनको प्रमुख कारण वैश्विक तापन हो । जुन हरितगृहको परिणाम भनिन्छ । हरितगृह प्रभाव त्यो प्रक्रिया हो, जसमा पृथ्वीको सतहमा ठोक्किएर फर्कने सूर्यका किरणहरू वातावरणमा उपस्थित केही ग्यासहरू अवशोषित गरी लिन्छन् । परिणामस्वरूप पृथ्वीको तापमानमा वृद्धि हुन्छ । कार्बन, नाइट्रस अक्साइड क्षोभमण्डलीय ओजोन आदि मुख्य ग्यास हुन् । यी ग्यास हरितगृह प्रभावका लागि उत्तरदायी हुन्छन् । वातावरणमा यी ग्यासहरूको निरन्तर बढ्दो मात्राले विश्वव्यापी जलवायु परिवर्तनको खतरा दिनदिनै बढ्दै गइरहेको छ ।

हरितगृह प्रभावले अनेक क्षेत्रमा औसत तापमानमा बढोत्तरी भएको देखिएको छ । वैज्ञानिकहरूको भविष्यवाणीका अनुसार वर्ष २०२० सम्म दुनियाँको तापमान पछिल्लो १००० वर्षहरूको तुलनामा सर्वाधिक हुनेछ । अन्तरशासकीय जलवायु परिवर्तन पैनलले १९९५ मा के भविष्यवाणी गरेका थिए भने मौजुदा प्रवृत्ति जारी रह्यो भने २१औँ शताब्दीमा तापमानमा ३.५ देखि १० डिग्री सेल्सियससम्मको वृद्धि हुनेछ । बीसौँ शताब्दीमा विश्वको सतहको औसत तापमान ०.६ डिग्री सेल्सियससम्म बढेको छ । यस शताब्दीको पहिलो दशक (२०००–२००९) अहिलेसम्मको सबैभन्दा उष्ण दशक रहेको छ । यसले के साबित गर्छ भने हरितगृह प्रभावको परिणाम स्वरूप जलवायु परिवर्तनको बेला सुरु भइसकेको छ । वैश्विक जलवायु परिवर्तनका अनेकन प्रभाव हुनेछन् । तीमध्येबाट धेरैजसो हानिकारक हुनेछन् ।

वैश्विक जलवायु परिवर्तनका सम्भावित प्रभाव

जलवायु परिवर्तनको प्रभाव मानव स्वास्थ्यमा पर्नेछ । विश्व स्वास्थ्य सङ्गठनको रिपोर्टअनुसार जलवायुमा तापनका कारण श्वास तथा हृदयसम्बन्धी रोगहरूमा वृद्धि हुनेछ । दुनियाँका विकासशील देशहरूमा झाडापखाला, पेचिस हैजा, क्षयरोग, पित ज्वरो तथा म्यादी ज्वरो जस्ता सङ्क्रामक रोगहरूको बारम्बारतामा वृद्धि हुनेछ । किनकि रोग फैलाउनेखाले रोगबाहहरूको गुणन एवं विस्तारमा तापमान एवं वर्षाको महत्त्वपूर्ण भूमिका हुन्छ । अतः दक्षिण अमेरिका, अफ्रिका तथा दक्षिणपूर्वी एसियामा लामखुट्टेहरूबाट फैङे रोगहरू जस्तै मलेरिया, डेङगु, पहेँलो ज्वरो तथा जापानी ज्वरोको प्रकोपमा बढोत्तरीका कराण यी रोगहरूका कारण हुने मृत्युदरमा वृद्धि हुनेछ । यसबाहेक हात्तीपाइले तथा चिकन गुनियाको पनि प्रकोप बढ्नेछ । लामखुट्टेजनित रोगहरूको विस्तार उत्तरी अमेरिका तथा युरोपका चिसा देशहरूमा पनि हुनेछ । हाम्रो आफ्नै परिवेशमा विगतमा तराईमा मात्र देखिने जापानी ज्वरो, डेङ्गु, मलेरिया हिजोआज पहाडी, मध्यपहाडी तथा हिमाली क्षेत्रमा पनि नियमित देखिन थाल्नुले पुष्टि गर्छ । मानव स्वास्थ्यमा जलवायु परिवर्तनको प्रभावले गर्दा एउटा ठूलो जनसङ्ख्या विस्थापित हुनेछ, जसलाई पर्यावरणीय शरणार्थी भनिनेछ । जलवायु परिवर्तनको फलस्वरूप रोगाणुहरूमा बढोत्तरीका साथसाथै यिनको नयाँ प्रजातिहरू विकसित हुनेछन् । यसको परिणामस्वरूप बालिनालीको उत्पादकतामा विपरीत प्रभाव पर्नेछ । बालिनालीमा कीराफट्याङ्ग्रा नाशीजीवहरू तथा रोगाणुहरूबाट सुरक्षाको लागि नाशी जीवननाशकहरूको उपयोग मात्रामा बढोत्ती हुनेछ, जसले गर्दा वातावणा प्रदूषित हुनेछ । साथै मानवीय स्वास्थ्यमा पनि प्रतिकूल प्रभाव पर्नेछ । वैश्विक जलवायु परिवर्तनको परिणामस्वरूप दुनियाँको मनसुनी क्षेत्रहरूमा वर्षमा वृद्धि हुनेछ, जसले गर्दा बाढी, भूस्खलन तथ भूमि अपरदान जस्ता समस्या पैदा हुनेछ । पानीको गुणस्तरमा गिरावट आउने छ । वैश्विक जलवलयु परिवर्तनले जलस्रोतहरूको वितरणमा पनि प्रभाव पर्नेछ । उच्च अक्षांश भएका देशहरूमा तथा दक्षिण पूर्वएसियाका जलस्रोतहरूमा पानीको अधिकता हुनेछ । जब कि मध्यएसियामा पानीको कमी हुनेछ । न्यून अक्षांश भएका देशहरूमा पानीको कमी हुनेछ । जलवायु परिवर्तनका कारण ध्रुवीय हिउँ पग्लिनाले विश्वको औसत समुद्री जलस्तर एक्काइसौँ शताब्दीको अन्त्यसम्म ९ देखि ८८ सेमिसम्म बढ्ने सम्भावना छ । यसबाट दुनियाँको आधाभन्दा बढी आवादी रहेका र समुन्द्रबाट ६० किमि दूरीमा अवस्थित सो बस्तीमाथि विपरीत प्रभाव पर्नेछ । बङ्गलादेशको गङ्गा–ब्रह्मपुत्र, डेल्टा, मिश्रको नील डेल्टा तथा मार्शलद्विप र मालदिवसहित अनेकौँ साना द्विपको अस्तित्व वर्ष २१०० सम्म समाप्त हुनेछ ।

वैश्विक जलवायु परिवर्तनको प्रभाव समुद्रमा पाइने जैविक विविधता सम्पन्न प्रबल भित्तिहरू ९ऋयचब िचभभाक० माथि पर्नेछ । यसलाई महासागरहरूको उष्ण कटिबन्धीय वर्षा पनि भनिन्छ । समुद्री पानीमा उष्णताको परिणमस्वरूप ब्निबभ हरूमा प्रतिकूल प्रभाव पर्नेछ । यसले कि प्रवाल भित्रीहरूलाई भोजन तथा वर्ण उपलब्ध गराउँछन् । उष्ण महासागर विरन्जन ९द्यभिबअजष्लन० प्रक्रिायको कारक हुनेछ । जो यी उच्च उत्पादकता भएका पारितन्त्रहरू ९भ्अयकथकतझक० लाई नष्ट गर्नेछ । प्रशान्त महासागरमा वर्ष १९९७ मा अलनिनोको कारण बहेको ताजको तीव्रता प्रवालहरूको मृत्युको सबैभन्दा गम्भीर कारण बनेको थियो । एक अनुमानका अनुसार पृथ्वीको लगभग १० प्रतिशत प्रवाल भित्रीहरूको मृत्यु भइसकेको छ । ३० प्रतिशत गम्भीर रूपले प्रभावित भएका र ३० प्रतिशतको क्षरण भएको छ । ग्लोबल कोरल रिप मोनिटरिङ नेटवर्क अस्ट्रेलियाको अनुमानअनुसार २०५० सम्ममा सबै प्रवाल भित्रीहरूको मृत्यु हुनेछ ।

जलवायु परिवर्तनका कारण कृषि उत्पादनमा पनि असर पर्नेछ । संयुक्त राज्य अमेरिकामा बालीनालीहरूको उत्पादकत्वमा कमी आउने छ । अर्कोतिर उत्तरी र पूर्वी अफ्रिकामा, मध्य पश्चिम देशहरू नेपाल, पश्चिमी देश मेक्सीकोमा गर्मी तथा चिस्यानले गर्दा बालीनालीहरूको उत्पादकतामा बढोत्तरी हुनेछ । वर्षा जलको उपलब्धताको आधारमा धानको क्षेत्रफल बढ्न सक्नेछ ।

वातावरणमा ज्यादा ऊर्जाको संलग्नताले वैश्विक वायु संरचना ९न्यिदब िधष्लम उबततभचल० मा पनि परिवर्तन हुनेछ । वायु संरचनामा परिवर्तनका परिणामस्वरूप वर्षा असमान हुनेछ । भविष्यमा मरुभूमिहरूमा बढी वर्षा हुनेछ, जबकि यसको विपरीत पारम्पारिक कृषि हुने क्षेत्रहरूमा कम वर्षा हुनेछ । यस किसिमको परिवर्तनले ठूलो मात्रामा मानवीय बसाइँसराइलाई प्रोत्साहित गर्नेछ । यसले मानव समाजको सामाजिक, आर्थिक तथा राजनीतिक ढाँचालाई प्रभावित गर्नेछ ।

वैश्विक जलवायु परिवर्तनको फलस्वरूप बाढी खडेरी तथा आँधी, तुफान, टोर्नाडो जस्ता प्राकृतिक विपत्तिहरूको बरम्बारतामा वृद्धिको कारण अन्न उत्पादनमा गिरावट आउने छ । स्थानीय खद्यान्न उत्पादनमा कमी, भोकमरी र कुपोषणका कारण बन्नेछ । यसबाट स्वास्थ्यमा दीर्धकालीन प्रभाव पर्नेछ । खाद्यान्न र पानीको कमीबाट प्रभावित क्षेत्रहरूमा समुदायहरूबीच द्वन्द्व हुनेछ । जलवायु परिवर्तनको प्रभाव जैविक विविधतामा पर्नेछ । कुनै पनि प्रजातिको अनुकुलनका लागि समयको आवश्यकता पर्छ । वातावरणमा आकस्मिक परिवर्तनले अनुकूलनको अभावमा त्यसको मृत्यु हुनेछ । जलवायु परिवर्तनको सर्वाधिक प्रभाव समुन्द्रको तटिय क्षेत्रहरूमा पाइने दलदली क्षेत्रका वनस्पतीहरूमा पर्नेछ । यसले तटलाई स्थिरता प्रदान गर्छ । साथै समुद्री जीवहरूको प्रजननका लागि आदर्श स्थल प्रदान गर्छ । दलदली वन ९ःबलनचयखभ ायचभकत० जसलाई ज्वारीय वन पनि भनिन्छ । यसले तटीय क्षेत्रहरूलाई समुन्द्री तुफानहरूबाट रक्षा गर्ने काम पनि गर्दछ । जैविक विविधताका कारण पारिस्थितिक असन्तुलनको जोखिम बढ्नेछ ।

अब पनि जलवायु परिवर्तनका बारेमा हामी सबैले सोचेनौँ भने भोलिका दिनमा जलवायु परिवर्तनले गर्दा पृथ्वीमा रहने सबै प्राणीहरूलाई असर पु¥याउने छ । यसका लागि देशैभरी वातावरण मैत्री कार्यक्रम युद्धस्तरमा सञ्चालन गर्न अपरिहार्य छ । जलवायु परिवर्तनमा धनी र औद्योगिक मुलुकहरूको मात्र योगदान छ, हाम्रो केही छैन भन्दै यसको प्रभाव न्यूनीकरणका उपायहरूमा अहिलेदेखि नै नलाग्ने हो भने हाम्रो आर्थिक हैसियतले यसबाट पर्न सक्ने खाद्यान्न र पानीको सङ्कटबाट बचाउन सकिँदैन । नीतिनिर्माण तहदेखि कार्यान्वयन तहसम्म यस विषयलाई गम्भीरतापूर्वक लिने चेतना जागृत होस् । अहिलेलाई यति मात्र भन्न सकिन्छ ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.