मिथिलाञ्चलमा हर्षोल्लासका साथ चैती छठ मनाइँदै

जनकपुर । मिथिलाञ्चलमा आज हर्षोल्लासका साथ चैती छठ मनाइँदै छ । छठ पर्व अन्तर्गत आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदैछ ।
सन्तान प्राप्ति, निरोगिता, सुख, समृद्धि र चर्मरोग निको हुने जनविश्वासका साथ पारस्परिक आत्मीयता र सद्भावको प्रतीकको रूपमा चैते छठ पर्व मनाइने गरिन्छ । यस पर्वमा हरेक भेदभावलाई छाडेर सबै वर्ग, समुदायको एउटै सांस्कृतिक पृष्ठभूमिमा पूजाअर्चनाका लागि उभिने गरेको पाइन्छ । यस पर्वलाई एकताको प्रतिकको रुपमा समेत लिन गरेको पाइन्छ ।
यस पर्वमा बाँसको सामग्रीमा अर्घ्य दिई वंशवृद्धि, केरामा भगवान विष्णुको बास, ठकुवामा समृद्धि र मौसमी फल प्रकतिप्रति कृतज्ञताको द्योतक भएको मान्यता पनि पाइन्छ। छठ पर्व मनाउनुको पछाडि धार्मिक मान्यतासँगै वैज्ञानिक र ज्योतिष सम्बन्धी तथ्यहरू समेत रहेको छ ।
ऋग्वेदमा सूर्य नै बल, यश, चक्षुस्रोत, आत्मा र मन भएको कुरालाई ध्यानमा राख्दै पनि श्रद्धालुले यो पर्वमा पूजाअर्चना गरी मनोवाञ्छित फल प्राप्त हुने विश्वास छ । आज प्रदेश नम्बर २ को जनकपुरधाम सहित वीरगंज, मटिहानी, जलेश्वर, राजविराज, लहान, सिरहा, कलैया, मलंगवा सहित विभिन्न स्थलमा धुमधामका साथ चैती छठ मनाइन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लहानमा दुई अर्ब लागतमा सुविधासम्पन्न अस्पताल बनाइने
-
विषादी हालेको अङ्गुर खाइरहनु भएको त छैन ? यसरी सफा गर्नुस्
-
कोलेस्ट्रोल घटाउन चाहनुहुन्छ ? बिहान अपनाउनुहोस् यी ५ बानी
-
सिमेन्टपछि फलामे जाली र छडको पनि मूल्य बढ्यो
-
लन्डनमा डेढ महिनादेखि हराइरहेका नेपाली विद्यार्थी सकुशल फेला
-
पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना