शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

स्वस्थ र फिट रहनका लागि खानैपर्ने कुरा

आइतबार, ०५ वैशाख २०७८, ०९ : ०७
आइतबार, ०५ वैशाख २०७८

स्वस्थ रहनका लागि नियमित रुपमा फिट राख्ने खानेकुरा खाने गर्नुपर्छ । शरीर फिट राखेमा शरीर पनि स्वस्थ रहन्छ । 

जसका लागि यी खानेकुराको सेवन गर्नुस्ः 

दही
दही प्रोटिन र पेट अनुकुल ब्याक्टेरियाले भरिएको हुन्छ । यसमा क्याल्शियम, पौष्टिक तत्व, भिटामिन बी२, भिटामिन बी१२, पोटाशियम र म्याग्नेशियम जस्ता तत्वहरु पाइन्छ । दहीले पाचन प्रक्रियालाई सक्रिय बनाउँछ र शरीरलाई स्वस्थ राख्छ । 

दाल
अलग–अलग रङका दालमा भरपुर पोषक तत्व पाइन्छ । दालमा फाइबर, प्रोटिन जस्ता पदार्थहरु पाइन्छ । यसले पाचन तन्त्र स्वस्थ राख्छ, नयाँ कोशिकाहरु निर्माण गर्छ । दालमा भिटामिन ए, बी, सी, ई, म्याग्नेशियम, आइरन र जिंक आदि पाइन्छ । 

मसाला
तरकारीमा प्रयोग गरिने मसलाले स्वास्थ्यलाई निकै फाइदा गर्छ । यसमा दुखाई कम गर्ने, रोगसँग लड्ने, एन्टि अक्सिडेन्ट, रोग प्रतिरोधी क्षमता बढाउने आदि काम गर्छ । बेसार, दालचिनी, मेथी, मरिच जस्ता मसलाहरु खानु फाइदाजनक हुन्छ । 

लसुन
लसुनले स्वास्थ्यमा फाइदाजनक हुन्छ । यसले रक्तचापक कम हुने, कोलेस्ट्रोल जस्ता समस्याहरु कम गर्छ । यसले रोग प्रतिरोधी क्षमता पनि बढाउँछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप