बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

कोरोना अपडेटः विश्वभर मृतकको संख्या ३० लाख नाघ्यो

आइतबार, ०५ वैशाख २०७८, ०८ : ३०
आइतबार, ०५ वैशाख २०७८

विश्वभरमा कोभिड–१९ महामारीका कारण मृत्यु हुनेको संख्या ३० लाख पार गरेको छ । 

अमेरिकाको जोन्स हपिकिंस विश्वविद्यालयका अनुसार अमेरिका, भारत र ब्राजिलमा सबैभन्दा धेरैको मृत्यु भएको छ । 

यी तीन देशहरुमा मृत्यु हुनेको संख्या १० भन्दा बढी रहेको छ । 

समाचार एजेन्सी एएफपीलाई उद्धृत गर्दै बीबीसीले विश्वभर पछिल्लो केही हप्तामा औसमत १२ हजार संक्रमितको व्यक्ति मृत्यु भएको छ । 

विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस एडहानोम गीब्रिएसुसले शुक्रबार चेतावनी दिँदै भनेका छन्, ‘अवस्था निकै चिन्ताजनक भएको छ र मृत्यु हुनेको संख्या पनि चिन्ताजनक रुपमा बढिरहेको छ । विश्वभर हरेक हप्ता मृत्यु हुनेको संख्या पछिल्लो दुई महिनाको भन्दा दुई गुणा भएको छ ।’ 

केहि हप्ता पहिलेसम्म भारतमा महामारी अपेक्षाकृतरुपमा नियन्त्रणमा थियो । जनवरी र फेब्रअरीका अधिकांश दिनमा २०,००० भन्दा कम थियो । १३० करोड जनसंख्या भएको देशमा यो संख्या कम हो । तर, पुनः संक्रमण तीव्र गतिमा बढ्न थालेको छ । 

शनिबार लगातार तेस्रो रेकर्ड कायम भएको छ । शनिबार २, ३४, ००० भन्दा बढी संक्रमित भएका छन् । ब्राजिल संक्रमितको संख्या धेरै हुने देशहरुको तेस्रो नम्बरमा परेको छ भने मृत्यु हुनेको संख्याको आधारमा दोस्रो नम्बरमा छ । 

ब्राजिलमा कोरोना नियन्त्रणका लागि विभिन्न प्रयासहरु भइरहेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबार २४ घण्टामा ८५,००० भन्दा बढीमा संक्रमण भेटिएको छ भने ३,३०५ जनाको मृत्यु भइसकेको छ । 

विश्वभर १६५ देशमा ८६ करोड कोरोनाभाइरसको खोप दिइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप