शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

लुम्बिनी प्रदेशमा  ४ जना संक्रमितको  मृत्यु

आइतबार, ०५ वैशाख २०७८, ०८ : ०८
आइतबार, ०५ वैशाख २०७८

गएराति करिब ५ घन्टाको  अन्तरालमा लुम्बिनी प्रदेशमा कोरोना संक्रमणबाट  ४  जनाको ज्यान गएको  छ  ।

साँझ ५ बजेर ५० मिनेट जादा भैरहवा मेडिकल कलेज रुपन्देहीको  मायादेवी  गाउँपालिका ५ की ६५  वर्षीया महिलाको  कोरोना  संक्रमणबाट ज्यान गएको  जिल्ला  प्रहरी  कार्यालय रुपन्देहीका  प्रबक्ता डिएसपी सत्यनारायण थापाले जानकारी  दिए ।

त्यस्तै, नेपालगन्जको  भेरी  कोरोना  विशेष अस्पतालमा  साँझ  ७  बजे  बर्दियाको राजपुर गाउँपालिका–१ का ७३  वर्षीय पुरुष, ७ : ४० बजे  बाँके जिल्लाको  बैजनाथ  गाउँपालिका–८ की ७८ वर्षीया महिला  र  दैलेखको नारायण गाउँपालिका –१ की ६८  वर्षीया महिलाको  ९  बजेको समयमा कोरोना संक्रमणबाट मृत्यु भएको भेरी कोरोना  विशेष अस्पतालले जनाएको छ  ।  

हाल सम्म  भेरी अस्पतालमा  ९६ जना संक्रमितमध्ये ६०  जनाको  ज्यान  गएको जनाइएको  छ  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप