छक्काको कीर्तिमान बनेको खेलमा हैदरावादमाथि मुम्बई हाबी
मुम्बई इन्डियन्सले आईपीएल २०२१ सिजनमा आफ्नो दोस्रो जीत हासिल गरेको छ । नवौँ खेलमा मुम्बईले सनराइजर्स हैदरावादलाई १३ रनले पराजित गरेको हो । यो सिजन ३ मध्ये दुई खेल जित्दै मुम्बई अंक तालिकामा शीर्ष स्थानमा उक्लिएको छ ।
खेलमा छक्काको कयौँ रेकर्ड बनेको थियो । यसमा रोहित शर्मा आईपीएलमा सबैभन्दा छक्का हिर्काउने भारतीय खेलाडी खेलाडी बनेका छन् । त्यस्तै, किरोन पोलार्डले प्रतियोगितामा २०१ औँ छक्का हिर्काउँदै विराट कोहलीको बराबरी गरेका छन् । पोलार्डले अन्तिम ओभरमा दुई छक्का हिर्काएका थिए । उनले २२ बलमा नटआउट रहँदै ३५ रन बनाए । उनी खेलको म्यान अफ द म्याच पनि चुनिए ।
मुम्बईका कप्तान रोहित शर्माले टस जितेर पहिलो ब्याटिङ गरेका थिए । टोलीले ५ विकेटको क्षतिमा १५० रन बनायो । जवाफमा हैदरावादको टोलीले १३७ रन मात्र बनाउन सक्यो । हैदरावादका लागि जोनी ब्रेस्टोले २२ बलमा ४३ रनको पारी खेले । कप्तान डेविड वार्नरले ३६ र विजय शंकरले २८ रन बनाए । मुम्बईका लागि चाहुल चाहर र ट्रेन्ट बोल्टले ३–३ विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्तमान सत्ता समीकरण परिवर्तन हुँदैन : झलनाथ खनाल
-
गुलसनले लिए यूएईको दोस्रो विकेट, कुशल भुर्तेलको उत्कृष्ट क्याच
-
कांग्रेसलाई सभामुख धितालले भने– म रेफ्री हुँ, मिलाएरै लैजान्छु
-
मुख्यसचिव अर्यालसँग चार कूटनीतिज्ञले एकैपटक किन भेटे ?
-
‘खल्ती सुरक्षा प्लस’ : ७६० रुपैयाँमा ५ लाख ३० हजारको बिमा
-
हसिना खानले लिइन् पद तथा गोपनीयताको शपथ