चार उपाधि जित्ने सिटीको सपना चकनाचुर

एफए कपको सेमिफाइनलमा म्यान्चेस्टर सिटीलाई हराउँदै चेल्सीले पेप ग्वार्डिओलाको यो सिजन चारवटा उपाधि जित्ने सपना चकनाचुर बनाइदिएको छ । शनिबार राति भएको खेलमा चेल्सी १–० गोलले विजयी भएको हो ।
यो हप्ता सिटी र चेल्सी दुवैले च्याम्पियन्स लिगको सेमिफाइनलमा स्थान बनाएका थिए । तर, पेपको टोलीसँग चारवटा उपाधि जित्ने सम्भावना रहेको थियो । प्रिमियर लिग उपाधिनजिक रहेको सिटीले अप्रिल २५ मा टोटनह्यामविरुद्ध लिग कपको उपाधिका लागि भिड्दैछ ।
तर, हाकिम जियेचले टिमो वेर्नरको पासमा खेलको निर्णायक गोल गरेपछि चेल्सीले प्रतियोगिताकाे फाइनलमा स्थान बनायो । चेल्सीले अब लेस्टर सिटी र साउथह्याम्पटनबीचको विजेतासँग फाइनलमा भिड्नेछ ।
सिटीले च्याम्पियन्स लिगको खेलको टोलीमा ८ वटा परिवर्तन गरेका थिए । दास्रो हाफमा केभिन डि ब्रुयना घाइते हुँदै मैदान छाडेपछि पेपका लागि थप चिन्ताको विषय बनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रेस स्वतन्त्रता लोकतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव
-
विगतका सरकारले खनेको योजनाहरुको खाल्डो पुर्दैछौँ : अर्थमन्त्री
-
राजाहरुले देश कंगाल बनाए : प्रधानमन्त्री ओली
-
रेड स्क्वायर र क्रेमलिन वरिपरि
-
भिक्ट्री डेमा रुसको शक्ति प्रदर्शन, तस्बिरहरू
-
सालघारीको फडानी हुने क्रमलाई कडाइका साथ रोकिनेछ : प्रधानमन्त्री