१२ मिनेटमा चार गोल गर्दै बार्सालाई कोपा डेल रेको उपाधि
बार्सिलोनाले एथ्लेटिको बिल्बाओविरुद्ध गोलवर्षा गर्दै कोपा डेल रेको उपाधि जित्न सफल भएको छ । बार्सिलोनाले १२ मिनेटको अन्तरमा चार गोल गर्दै उपाधिमाथि कब्जा जमाउन सफल भएको हो ।
खेलको ६० औँ मिनेटसम्म बार्सिलोनालाई एथ्लेटिकोले रोकेको थियो । तर, फ्रेंकी डि योङको पासमा गोल गर्दै एन्टोनी ग्रिजमानले बार्सालाई अग्रता दिलाए । त्यसको तीन मिनेटपछि डि योङले बार्साको अग्रता दोब्बर बनाए ।
त्यसपछि कप्तान लियोनेल मेस्सीले दुई गोल थप्दै बार्सिलोनाको जीत सुनिश्चित गरे । रोनाल्ड कोमानको नेतृत्वमा बार्सिलोनाले पहिलोपटक उपाधि जितेको हो । सन् २०१९ पछि बार्सिलोनाको यो पहिलो उपाधि हो ।
यता, एथ्लेटिकले भने दुई हप्ताको अन्तरालमा दुईवटा कोपा डेल रे फाइनल हार्न पुगेकाे छ । गत अप्रिल ३ मा सन् २०२० को फाइनल ढिला गरी खेलाइएको थियो । त्यसमा एथ्लेटिको रियल सोसिडाडसँग हार्न पुगेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्युरोडबाट बरामद सुन र रकम सार्वजनिक, तस्बिरहरू
-
अलपत्र आयोजनाको विवरण पठाउन जिल्ला प्रशासन कार्यालयलाई गृह मन्त्रालयको निर्देशन
-
नयाँ फोनमा ह्वाट्सएप च्याट ट्रान्सफर गर्ने झन्झट सकियो
-
प्रधानमन्त्री र चिनियाँ अन्तराष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षबिच भेटवार्ता
-
फिल्म ‘खुस्मा’ को छायाङ्कन रुकुमको मैकोटबाट सुरु
-
जसपा नेपालको सङ्गठित सदस्य एक लाख ४५ हजार, साधारण सदस्य कति ?