शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

शनिबार, ०४ वैशाख २०७८, २१ : १४
शनिबार, ०४ वैशाख २०७८

पेट्रोलियम पदार्थको मूल्यमा फेरि  बृद्धि भएको छ। गत चैत २२ गते मात्र निगमले मूल्य बढाएको थियो । नेपाल आयल निगमले शनिबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १ रुपैयाँ मूल्य बढाएको हो ।

नयाँ मूल्य अनुसार पेट्रोलको प्रतिलिटर १२१ र डिजेल तथा मट्टितेलको १०४ रुपैयाँ तय गरिएको छ । त्यस्तै, आन्तरिक उडानको लागि प्रयोग गरिने हवाई इन्धनको मूल्यमा पनि बृद्धि भएको छ । साबिकको मूल्यमा २ रुपैयाँ प्रति लिटरले वृद्धि गरी गरेर ७६ रुपैयाँ कायम गरिएको छ । एलपी ग्यास तथा अन्तर्राष्ट्रिय उडानको लागि प्रयोग गरिने हवाई इन्धनको खुद्रा बिक्री मूल्य भने बढाइएको छैन ।

निगमका अनुसार मूल्य वृद्धिपछि पनि निगमलाई पेट्रोलमा ६ रुपैयाँ ७२ पैसा, डिजलमा ४४ पैसा तथा खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिण्डर रु ४१७ ४७ पैसा घाटा रहेको छ । त्यस आधारमा १५ दिनमा रु ७० करोड ६६ लाख घाटा हुनेछ । निमगका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार नेपाल भारत सीमाको रक्सोलको तुलनामा वीरगञ्ज क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर २९ रुपैयाँ २३ पैसा र डिजल प्रतिलिटर ३५ रुपैयाँ ४१ पैसा नेपालतर्फ सस्तो छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप