दलित आन्दोलनका अगुवाको कोरोना सङ्क्रमणबाट निधन
शनिबार, ०४ वैशाख २०७८, २० : ५०
दलित आन्दोलनका अगुवा बागलुङका ओमबहादुर विकको कोरोना सङ्क्रमणको कारण निधन भएको छ । कोरोना सङ्क्रमणपश्चात काठमाडौँको एक अस्पतालमा उपचाररत विकको आज निधन भएको हो । विक विगत लामो समयदेखि दलित आन्दोलनको अगुवाइ गर्दै आएका थिए ।
दलित मुक्तिका लागि लड्दै आएका भगत सर्वजित विक प्रतिष्ठानका अध्यक्षसमेत रहेका विकको निधनले दलित आन्दोलनमा अपूरणीय क्षति पुगेको प्रतिष्ठानका सचिव ताराबहादुर विकले बताए । विसं २०११ मा बागलुङ नगरपालिका–७ कालीमाटीमा उनको जन्म भएको थियो ।
विकले उत्पीडित दलित समुदायको सञ्जाल नगर तथा जिल्ला समितिको नेतृत्वसमेत गरेका थिए । सुन, चाँदी व्यवसाय गर्दै आउनुभएका विक नेपाल सुन चाँदी व्यवसाय बागलुङको पूर्वध्यक्ष हुन् । विक सक्रिय राजनीतिमा समेत सहभागी हुँदै आएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधान र कानुनमा भएको व्यवस्था जनतालाई बुझाउन नसक्दा कार्यान्वयनमा समस्या भयो : मन्त्री शर्मा
-
डढेलो तथा आगलागी पीडितलाई राहत दिन ढिलाइ गरिएको छैन : गृहमन्त्री
-
कतारमा ६२५ नेपाली कामदार अलपत्र
-
अदालतमा धरौटी राखेर रिहा भए दीपेशकुमार पुन
-
रेशमको मुद्दामा मिसिल झिकाउन आदेश
-
८८ किलो सुन तस्करीमा मुछिएका गणेशदत्त अझै चिनियाँ तस्करको ‘एजेन्ट’