राजकुमार फिलिपको अन्तिम संस्कार शुरु, तस्बिरमा हेर्नुहाेस्
शनिबार, ०४ वैशाख २०७८, १९ : ५२
राजकुमार फिलिपको अन्तिम संस्कार शनिबार बेलायतको विन्डसर क्यासलस्थित सेन्ट जर्ज च्यापलमा हुँदैछ । अन्तिम संस्कारका लागि शवयात्रा शुरु भइसकेको छ । शवयात्राका दौरान ड्यूक अफ एडिनबरा प्रिन्स फिलिपका छोराछोरी शववाहनको पछि–पछि हिँडेका थिए । कोरोना भाइरसको प्रतिबन्धका कारण अन्तिम संस्कारमा सिमित संख्यामा मात्र परिवारका सदस्यहरु उपस्थित रहेका थिए ।
बकिंघम प्यालेसले एक वक्तव्यमा महारानी एलिजावेथलाई शोकाकुलको अन्तिम सूची तयार गर्न निकै कठिन फैसला लिनु परेको जनाएको थियो ।
शुरुवातमा ८ सय जनालाई अन्तिम संस्कार कार्यक्रममा सहभागी गरिने बताए पनि अन्तिममा ३० जनालाई मात्र सामेल गराइयो । महारानी राजकुमार फिलिपको परिवारका सबै सदस्यलाई यसमा सहभागी गराउन चाहन्थिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘मुन्ना भाइ’ मा ‘सर्किट’ को वास्तविक नाम अर्कै थियो, अर्शदले गरेका थिए परिवर्तन
-
कैलालीका सात नदीमा तटबन्ध निर्माण सुरु
-
४२ वर्षीय धोनीको नाममा अर्को कीर्तिमान
-
गण्डकीको अर्थमन्त्री चुमान, दीपक मनाङे फेरि भौतिकमै
-
५१ दिनमा सकियो ‘मेयर’को छायाङ्कन
-
नेसपाले बझाङको उपनिर्वाचनमा ‘राइट टू नो भोट’ नीति अपनाउने