शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कर्णाली प्रदेशको जस्तै देशैभरि हुन सक्छ : भीम रावल

शनिबार, ०४ वैशाख २०७८, १८ : ५३
शनिबार, ०४ वैशाख २०७८

कैलाली । नेकपा एमाले माधव–खनाल पक्षका सुदूरपश्चिम प्रदेश कमिटीका इन्चार्ज भीम रावलले कर्णाली प्रदेश जस्तै सुदूरपश्चिम प्रदेशमा पनि हुनसक्ने बताएका छन् । आज नेकपा एमालेको भातृ संगठन नेपाल उत्पीडित जातीय मुक्ति समाजले शनिबार धनगढीमा आयोजना गरेको प्रदेश स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।

उनले पार्टीको विधान नमान्ने, कानुन नमान्ने र मनपरी गर्नेका विरुद्ध कर्णाली प्रदेशमा मात्र नभइ सुदूरपश्चिममा पनि सोही हबिगत हुने बताए । शुक्रबार कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई पार्टीको ह्वीप नमानी फ्लोर क्रस गरेर चार जना नेकपा एमालेका प्रदेश सभा सदस्यले विश्वासको मत दिनु कुनै गल्ती नभएको नेता रावलको भनाइ छ ।
उनीहरुले पार्टीलाई एकढिक्का बनाउन, पार्टीको स्वाधिनता, एकतालाई मजबुत पार्न र पार्टीको अनुशासन, विधान नमान्ने विरुद्धमा दिएको मत मात्र भएको उनले बताए ।

उनले पार्टीको रक्षाका निमित्त कर्णाली प्रदेशकै जस्तै देशैभरि हुने बताए । विगतमा पार्टी एक हुँदा कर्णाली प्रदेशका प्रमुख सचेतकलाई हटाउँदा केपी शर्मा ओलीले ठाडो चुनौती दिएको बताए ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीका विरुद्ध अविश्वासको प्रस्ताव ल्याउन लगाएको स्मरण गर्दै रावलले भने ‘केपी ओलीले त्यतिखेर नै प्रदेश सरकारलाई हलचल गर्ने अस्थिर बनाउने सुरु गरेका थिए ।’

' उहिल्यै उम्रेको त्यो बीउ ठूलो भयो र फल पनि दियो उनले भने , 'अव त्यो फल केपी शर्मा ओलीले बालुवाटारमा मज्जाले खानुहुन्छ ।' उनले दलित आन्दोलन र अधिकारका लागि लडेका पार्टी नेता तथा कार्यकर्तालाई कारवाही गर्नु केपीको मनपरितन्त्र भएको बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सुदूरपश्चिमलाई हेप्ने गरेको बताउँदै उनले नवौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित भएर आएको उपाध्यक्ष आफू भएको र कानुन मिचेर गरिएको कारबाही मान्य नहुने बताए ।
व्यक्तिलाई सिद्याएर राष्ट्रियताको आन्दोलन नरोकिने उनको तर्क थियो । पार्टीमा कुनै योगदान नरहेकाहरुलाई प्रधानमन्त्री ओलीले विधान मिची केन्द्रीय सदस्य, इन्चार्ज बनाएको उनको जिकिर थियो । एमाले पार्टीमा कुनै योगदान नभएकालाई कसैले इन्चार्ज स्विकार नगर्ने उनको भनाइ थियो ।

ओलीले कम्युनिस्ट आन्दोलनलाई बिसर्जन गर्न खोजेको आरोप लगाउँदै उनले प्रतिनिधि सभालाई विघटन गरी विदेशीलाई खुसी पार्न खोजेको बताए ।\ओलीले भारतीय गुप्तचरलाई बोलाएर राति ९ बजेदेखि १२ बजेसम्म देशको स्वाभिमानलाई मिचेर बालुवाटारमा वार्ता गर्नु ठूलो भूल गरेको उनको ठहर छ । 

नेता रावलले स्वतन्त्र भएको देशका व्यक्तिले कुनै अर्को विदेशी गुप्तचरलाई बोलाएर वार्ता गर्नेका बिरुद्धको अहिलेको  आवाज भएको बताए । उनले देशलाई राजनीतिक अस्थिरता तिर धकेल्ने काम ओलीको भएको बताए । उनले सत्ताको दुरुपयोग र पार्टी विभाजनलाई रोक्नका लागि मात्र अहिलेको संघर्ष भएको बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप