बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

बैतडीमा बालकको हत्या, एकजना पक्राउ

शनिबार, ०४ वैशाख २०७८, १८ : ४७
शनिबार, ०४ वैशाख २०७८

हथौडा प्रहारबाट बैतडीमा आज एक बालकको हत्या भएको छ ।  दशरथचन्द नगरपािलका–१ झोकालीका १५ वर्षीय महेश भुलको हत्या भएको हो । 

महेशको दोगडाकेदार गाउँपालिका–३ सिल्लेगडाका मामा नाता पर्ने १८ वर्षीय नारायण भुलले हत्या गरेका  खोचलेक प्रहरी चौकीका इञ्चार्ज मोती बमले जानकारी दिए । मामाघर दोगडाकेदार आएका महेशमाथि नारायणले आज बिहान साढे ११ बजेतिर घरमै  हतौडा  प्रहार गरेका हुन् । हतौडा प्रहार भएलगत्तै महेशको घटनास्थलमै मत्यु भएको हो । 

के कति कारणले महेशको हत्या भयो भन्नेबारे खुल्न नसकेको खोचलेक प्रहरी चौकीले जनाएको छ । महेश आफ्नी आमासँगै मामाघर आएको बताइएको छ ।  सो चौकीका प्रहरी टोली अहिले घटनास्थलमा पुगेको छ ।  घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ । 

नारायणलाई प्रहरीले नियन्त्रणमा लिएको  छ ।  घटनाको थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पाटनको टोली पनि घटनास्थल जाने तयारीमा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप