वैशाख मासन्तसम्ममा रेल संचालनमा ल्याउने आन्तरिक तयारी थालिएको मन्त्री नेम्वाङको दावी
जनकपुर । भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त नेम्वाङले वैशाख मसान्तसम्ममा जनकपुरधाम–जयनगर रेल्वे संचालनमा ल्याउने गरी आन्तरिक तयारीमा लागेको जनाएका छन् ।
शनिबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री नेम्वाङले नयाँ वर्षको पहिलो महिनाभित्रै रेल चलाउने सरकारको योजना रहेको दावी गरे ।
उनले भने– ‘रेल छिटो भन्दा छिटो चलाउनुपर्ने भएकोले यसका लागि कर्मचारीहरु जनकपुरधाममा आइसकेका छन् । उनीहरुलाई दक्ष बनाउन २÷४ दिनदेखि तालिम समेत दिई रहेको छ । यदी सम्भव भएमा वैशाखको मसान्तसम्ममा हामी रेल चलाउँछौ ।’
रेल चलाउने योजना विगत दुई वर्षदेखि सरकारको योजना रहेपनि कोरोना संक्रमणको कारण भएको लकडाउन र कर्मचारी अभावका कारण रेल चल्न नसेकेको भन्दै मन्त्री नेम्वाङले रेल्वे संचालनका लागि ती सबै कुराहरु व्यवस्थापन भइसकेकाले चाँडै रेल गुड्ने कुरामाथि विश्वास गर्न सर्वसाधारणसँग आग्रह गरे ।
कोभिड महामारी र नेपाल–भारतबीचको सीमानाका बन्द भएका कारण समस्याहरु सिर्जना भएको भन्दै उनले अब यी समस्याहरुलाई निराकरण गर्नका लागि सरकार लागिपरेको उनले बताए ।
उनले भने–‘जनकपुरधाम–जयनगर रेल्वेको विस्तार गर्दैै यसलाई भारतसँगको दक्षिण र उत्तरको राजमार्गमा जोड्ने आयोजनाको ३५ किलोमिटर निर्माण सम्पन्न भइसकेको छ ।’
उनले अघि थप्दै भने– ‘महोत्तरीको बर्दिबाससम्म पूर्व पश्चिम चल्ने विद्युतिय रेलमार्गसँगै जोडेर त्यस ठाउँमा जग्गा व्यवस्थापन गरि रेल्वे सबस्टेशन समेत चाँडै बनाइनेछ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रभु साह नेतृत्वको आजपा र समाजवादी जनएकता पाटीबिच एकता हुने
-
‘ठुल्दिदी’ निर्देशन गर्दै प्रज्ञा
-
कास्कीमा सवारी दुर्घटना : तीन महिनामा १३ जनाको मृत्यु
-
भयावह बन्दै आगलागी : हप्तामा एक हजार स्थानमा डढेलो, ३ वर्षमा ३२४ ले ज्यान गुमाए
-
न्युरोडबाट बरामद सुन र रकम सार्वजनिक, तस्बिरहरू
-
अलपत्र आयोजनाको विवरण पठाउन जिल्ला प्रशासन कार्यालयलाई गृह मन्त्रालयको निर्देशन