मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

अग्रगमन पक्षधर पत्रकारको विजयीले मुलुकलाई अग्रगमनतर्फ जान सन्देश दियो : मातृका यादव

शनिबार, ०४ वैशाख २०७८, १८ : २५
शनिबार, ०४ वैशाख २०७८

प्रदेश २ मा प्रेस संगठन नेपालबाट नेपाल पत्रकार महासंघको निर्वाचनमा निर्वाचित भएकाहरुलाई नेकपा माओवादी केन्द्रले सम्मान गरेको छ । प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधाममा माओवादी केन्द्रका स्थायी समिति सदस्य मातृकाप्रसाद यादवले निर्वाचित भएकाहरुलाई एक कार्यक्रमबीच शुभकामना तथा सम्मान गर्दै अग्रगमन पक्षधरहरुको जित भएको बताए।

नेकपा माओवादी केन्द्र धनुषाले आयोजना गरेको शुभकामना तथा सम्मान कार्यक्रममा पूर्व मन्त्री समेत रहेका नेता यादवले प्रदेश नम्बर २ को राजधानी जनकपुरधाम रहेको मुकाममा अग्रगमनकारी पक्षधर पत्रकारले निर्वाचनमा विजयी भएर मुलुकलाई अग्रगमनका लागि अघि बढ्न र यसका लागि ओलीको तानाशाही विरुद्ध अघि बढ्न आह्वान गरेको टिप्पणी गरे ।

केपी ओली आफ्नै खुट्टामा वञ्चरो हान्दै फासिस्ट शैली अपनाएर बनेको घर समेत भत्काएको उनले बताए । उनले भने यो फासिज्म ओली विरुद्धको आन्दोलनमा पत्रकारलाई समेत आफ्नो कलमले अघि बढ्न र सही गलत छुट्याउनु आज आवश्यक छ ।’

उनले वर्तमान अवस्थामा ओली सरकारको विरोध गर्दागर्दै राजनीतिक दलले आफ्नो एजेण्डा समेत बिर्सिन लागेकाले ओलीलाई गाली गर्नु नै जित नभएकाले अबको यात्रा समाजवाद तर्फको रहेको बताए ।

उनले समाजवादका लागि आन्दोलनको आवश्यकता रहेकाले यसतर्फ समेत राजनीतिक दलको ध्यान जानु जरुरी रहेको बताए ।


 कार्यक्रममा पत्रकार महासंघ प्रदेश–२ समितिको महिला उपाध्यक्ष ज्योति झा, प्रदेश सदस्य प्रतिभा झा, नेपाल पत्रकार महासंघ धनुषा शाखा अध्यक्ष मनिका झा, महिला उपाध्यक्ष नेहा झा, सहसचिव गोविन्द महतो, कार्यकारी सदस्य विनोदकुमार महतो र प्रदेश परिषद सदस्य दिपेन्द्र प्रसाद सिंहलाई नेता यादवले गम्छा, फुल–माला, टिका लगाएर सम्मान गरेका थिए । 

माओवादी केन्द्र धनुषाका सेक्रेटरी दिपक यादवको अध्यक्षतामा भएको कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्य बोधमाया यादव, जिल्ला इन्चार्ज श्रवण यादव जीवन, प्रेस संगठन नेपालका प्रदेश– २ का संयोजक किरण कर्ण लगायतले निर्वाचित पदाधिकारीलाई सम्मान गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप