शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोनाको ‘युके भेरियन्ट’ शक्तिशाली छ, सतर्क हुनुपर्छः डा. पुन

शनिबार, ०४ वैशाख २०७८, १६ : ४५
शनिबार, ०४ वैशाख २०७८

काठमाडौं । सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले कोरोना भाइरसको नयाँ प्रजाती तीन गुणाबढी गतिमा फैलिन सक्ने क्षमता भएकोले लापर्वाही नगर्न सुझाव दिएका छन् । यूके भेरियन्ट प्रजातिको कोरोना यसअघिको भाइरसभन्दा तेब्बर गतिमा फैलिन सक्ने भएको बताउँदै डा. पुनले स्वास्थ्य मापदण्ड कडाईकासाथ पालना गर्न आग्रह गरे । 

शनिबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै डा. पुनले भने, ‘यूके भेरियन्ट प्रजातिको कोरोना भाइरस पहिलेभन्दा तीब्र गतिमा फैलिन सक्ने क्षमता राख्छ । यसअघिका कमजोरीबाट शिक्षा लिँदै विशेष सतर्कता नअपनाए नियन्त्रण बाहिर जान सक्छ ।’ उनले नयाँ प्रजातिले बेलायतमा पहिलोको भाइरस एक वर्षमा फैलिएजति तीन महिनामै पुगेको बताए । 

आफूहरुले केही समय पहिले काठमाडौँ कोरोनाका नयाँ हट स्पट बन्ने भन्दा विरोध भएको सम्झिदै डा. पुनले यस्तै अवस्था रहे अवस्था गम्भीर हुने बताए । भारतबाट र तराईबाट काठमाडौँ पसेका व्यक्तिहरु खुलमखुला रुपमा हिँडडुल गरिरहनु खतराको घण्टी भएको बताउँदै डा. पुनले भिडभाडमा नजान आग्रह गरे ।

 स्वास्थ्य मापदण्डको पालना नगरी काठमाडौँ भित्रिनु नै नयाँ भाइरस प्रवेश गर्ने माध्यम बनेको पुनले बताए । 
कोरोना संक्रमितको उपचार खटिरहेका डा. पुनले कोरोनाको नयाँ प्रजातिले बालबालिका बढी जोखिममा रहेको बताए । उनले शैक्षिक संस्था नयाँ प्रजातिको कोरोना फैलिने माध्यम बन्न खतरा रहेको बताउँदै यसअघिका कमजोरीबाट शिक्षा लिँदै बालबालिकालाई नयाँ प्रजातिबाट जोगाउनु चुनौती रहेको बताए । 

डा. पुनले विद्यालय केही दिनको लागि बन्द गर्न सुझाव समेत दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप