शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

चलचित्र पत्रकारको कल्याणकारी कोषलाई फिल्म ‘श्री’को सहयोग

शनिबार, ०४ वैशाख २०७८, १४ : ०९
शनिबार, ०४ वैशाख २०७८

काठमाडौंँ । चलचित्र पत्रकार संघले शुरु गरेको कल्याणकारी कोषका लागि प्रदर्शनरत फिल्म ‘श्री’ २५ हजार सहयोग गरेको छ । राजधानीमा एक कार्यक्रम गर्दै निर्माण युनिटले सो सहयोग हस्तान्तरण गरेको हो । फिल्मकी निर्माता सबिता गुरुङले सहयोग रकम पत्रकार संघका अध्यक्ष दीनेश सिटौलालाई प्रदान गरिन् ।

कार्यक्रममा फिल्म ‘श्री’ शुक्रबारबाट प्रदर्शनको दोस्रो सातामा प्रवेश गरेको समेत जानकारी दिइयो । एभरेष्ट सुर्य बोहराको निर्देशन रहेको फिल्म ‘श्री’ २७ चैत्रबाट प्रदर्शनमा आएको थियो ।

सविता गुरुङको निर्माण रहेको फिल्ममा सन्दीप छेत्री र भोला सापकोटा, सिवाकोटी, बुद्धि तामाङ, बसुन्धारा भुसाल, राजाराम पौडेल, रवीन्द्र झा, सविता गुरुङलगायत कलाकारको अभिनय रहेको छ ।

लकडाउनमा एउटा ब्यापारीले भोग्नु परेको पिडा फिल्मले देखाउन खोजेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप