शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सर्वदलीय बैठक सकियो, राजनीतिक गतिरोधलाई निकास दिन काँग्रेसको सुझाव

शनिबार, ०४ वैशाख २०७८, १३ : ३०
शनिबार, ०४ वैशाख २०७८

नेपाली काँग्रेसले जारी राजनीतिक गतिरोधलाई छिटो निकास दिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएको छ ।
 
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सर्वदलीय बैठकमा काँग्रेसले लामो समय राजनीतिक संकट निम्तिँदा अन्य क्षेत्रमा पनि असर पर्ने भन्दै छिटो गतिरोध अन्त्यका लागि पहल गर्न ओलीलाई सुझाव दिएको हो ।

बैठकपछि काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीले सरकारलाई राजनीतिक गतिरोधबारे चाँडो निकाश दिन सुझाएको बताए । 

यस्तै, कोरोना नियन्त्रणमा प्रभावकारी भूमिका खेल्न, तत्काल राष्ट्रियसभाको बैठक बोलाउन, प्रतिनिधिसभाको उपसभामुख चयन प्रक्रिया अघि बढाउन पनि काँग्रेसले माग गरेको बताए । 

उनले प्रतिनिधिसभामा रिक्त रहेका पदहरुमा उपनिर्वाचन गर्नेबारे पनि छलफल भएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप