‘ओ माई लर्ड’मा गरिमा र भिमको रोमान्स
शनिबार, ०४ वैशाख २०७८, १३ : २१
काठमाडौँ । गायक भिम श्रेष्ठको नयाँ गीत ‘ओ माई लर्ड’ सार्वजनिक भएको छ । स्वर, शब्द र संगीत समेत भिमकै रहेको गीतमा माया प्रेमका कुरा समेटिएको छ ।
शैलेन्द्र एम प्रधान ‘बाबु’को संगीत संयोजन गरेका गीतमा गायक भिम र गरिमा शर्माको रोमान्स समेटिएको छ ।
युवायुवती बीचको प्रेम र रोमान्स देखाउन खोजिएको भिडिया शान थापाले निर्देशन गरेका हुन् । जसमा अर्जुन तिवारीले छायाँंकन, सुप्रिम पराजुलीको सम्पादन रहेको छ ।
‘अक्सर छाता’ बोलको गीतबाट आफ्नो गायन यात्रालाई प्रारम्भ गरेका गायक श्रेष्ठले यसअघि ‘जानेबेला’, ‘’माझी दाई’लगायतका गीत ल्याएका थिए ।