शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सर्वदलीय बैठकमा प्रधानमन्त्रीले भने – राजनीतिक संकटलाई निकास दिनु आवश्यक छ

शनिबार, ०४ वैशाख २०७८, १२ : ३५
शनिबार, ०४ वैशाख २०७८

प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान राजनीतिक संकटलाई निकाय दिनु आवश्यक रहेको भन्दै सबै राजनीतिक दलहरु गम्भीर बन्नुपर्ने धारणा राखेका छन् । 

प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित सर्वदलीय बैठकमा ओलीले यस्तो बताएका हुन् । 

उनले राजनीतिक संकटका कारण कोरोना नियन्त्रण लगायतका काममा बाधा परिरहेको समेत जिकिर गरे । 

बैठकको सुरुमै बोल्दै ओलीले लामो समयदेखि सबै दलसँग भेटघाट तथा छलफल नभएको भन्दै सामाजिक तथा राजनीतिक विषयमा राय–सुझाव लिन बैठक आवश्यक रहेकाले बोलाएको बताए । 

उनले कोरोनाको दोस्रो लहरबाट कसरी जोगिने भन्नेबारे पनि सुझावको अपेक्षा रहेको बताएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप