प्रचण्ड र माधव नेपालबीच भेटवार्ता
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमालेका वरिष्ठ नेता माधव कुमार नेपालबीच शनिबार बिहान भेटवार्ता भएको छ । पछिल्लो विकसित राजनीतिक घटनाक्रमकै बीच भएको सो भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
शुक्रबार कर्णालीमा मुख्यमन्त्री महेन्द्र बहादुर शाही नेतृत्वको सरकार नेपाल समूहका ४ सांसदले सघाएकै कारण ढल्नबाट जोगिएको थियो ।
स्रोतका अनुसार कोटेश्वरस्थित एक घरमा दुई नेताबीचको भेटमा कर्णालीको विषयमा छलफल हुनुका साथै अन्य रणनीतिक विषयमा पनि छलफल भएको छ । भेटमा माओवादी प्रवक्ता नारायणकाजी श्रेष्ठका साथै एमाले नेता घनश्याम भुसालसमेतको सहभागिता रहेको बताइएको छ ।
नेपाल समूहले प्रधानमन्त्री ओलीले पार्टी एकपक्षीय ढंगले सञ्चालन गरेको भन्दै देशभर समानान्तर गतिविधि गर्दै आएको छ भने शुक्रबार कर्णालीमा ४ सांसदले फ्लोर क्रस गरेर शाहीलाई विश्वासको मत लिएपछि राजनीति थप तरंगित बनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
भारतले रोक्यो नेपाली चियाको निर्यात
-
संक्रमणकालीन न्यायमा राजनीतिक सहमति जुटिसक्यो : मन्त्री गिरी
-
अवैध औषधि बेच्ने दुई मेडिकल बन्द
-
सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ‘एमडी’ तहको पठनपाठन
-
दूधमा बर्ड फ्लुको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटियो : डब्लुएचओ