शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

दिल्लीमा एकैदिन झन्डै २० हजारमा कोरोना, मुख्यमन्त्रीले बोलाए आकस्मिक बैठक

शनिबार, ०४ वैशाख २०७८, ११ : ४७
शनिबार, ०४ वैशाख २०७८

भारतको राजधानी दिल्लीमा कोरोना भाइरस संक्रमण तिव्र बढेपछि मुख्यमन्त्री अरविन्द केजरीवाल अगुवाईमा शनिबार महत्वपूर्ण बैठक बस्दैछ । बैठकमा शिक्षा मन्त्री मनिष सिसोदिया र स्वास्थ मन्त्री सत्येंन्द्र जैनसहित विभिन्न महत्वपूर्ण अधिकारीहरु सहभागी हुँदैछ  ।

शुक्रबार दिल्लीमा एकै दिन अहिलेसम्मकै सर्वाधिक १९ हजार ४ सय ८६ जनामा संक्रमण देखिएको थियो, १ सय ४१ जनाको मृत्यु भएको थियो । 

दिल्लीमा यस सप्ताहन्तका लागि शुक्रबार रातिदेखि सोमबार बिहान ५ बजेसम्म कर्फ्यु घोषणा गरिसकिएको छ । ठाउँ–ठाउँमा प्रहरीले चेकजाँच गरिरहेका छन् । नियम तोड्नेहरूलाई २ हजार जरिवाना पनि तोकिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप