मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

अमेजनका संस्थापकको सफलताका दुई सूत्रः उपभोगभन्दा बढी पैदा गर्न सिक्नुहोस्, २१ औं शताब्दिमा समय नै सबैभन्दा ठूलो पुँजी

शनिबार, ०४ वैशाख २०७८, १० : ०४
शनिबार, ०४ वैशाख २०७८

अमेजनका संस्थापक ५७ वर्षका जेफ बेजोसले बिहिबार मुख्य कार्यकारी अधिकारीको पद छोड्नु अघि शेयरधारकलाई अन्तिम चिट्ठी लेखे । संसारकै सर्वाधिक धनाढ्य बेजोसले चिट्ठीमा कम्पनीको भिजनबारे जानकारी दिँदै भविष्यमा आफ्ना १३ लाख कर्मचारीको सुरक्षा र जलवायु परिवर्तनको मुद्दामा साथ दिने संकल्प पनि बताए । उनले शेयरधारकलाई लेखेका पत्र यस्तो छ ।

प्राथमिकता नदिएको कुनै पनि व्यापार सफल हुँदैन, ग्राहक र उनीहरुको सन्तुष्टि नै पहिलो प्राथमिकताः

यदि तपाईं व्यापारमा सफल हुन चाहनुहुन्छ भने तपाईंले उपभोगभन्दा बढी पैदा गर्न सिक्नुपर्नेछ । तपाईंको लक्ष्य ती सबैका लागि भ्यालू पैदा गर्नु हो जोसँग तपाईंको दैनिक संलग्नता हुन्छ । कुनै पनि व्यापार जसले भ्यालू पैदा गर्न सक्दैन, त्यसले हामीलाई सफल भएको जस्तो त देखाउला तर त्यो लामो समयका लागि टिक्न सक्दैन । हाम्रा लागि सर्वोपरि हाम्रा ग्राहक हुन् । हामी उहाँहरुलाई कम मूल्य, चयनका लागि ठूलो श्रृङ्खला र फास्ट डेलिभरी दिन्छौं । हामीले ग्राहकको समय कसरी बचाउने भन्ने बारे पनि हाम्रो ध्यान केन्द्रीत गर्नुपर्ने हुन्छ । जब ग्राहकको कुरा आउँछ, तब हामीले समयभन्दा अघि बढ्नुपर्छ ।

अमेजनमा ग्राहकले आफ्नो २८ प्रतिशत किनमेल ३ मिनेट वा सोभन्दा पनि कम समयमा पूरा गर्न सक्छन् । र पूरा खरिदको आधा हिस्सा १५ मिनेटभन्दा कम समयमा समाप्त हुन्छ । यदि यसको तुलनामा हामी पारम्परिक स्टोरमा गरिने खरिदसँग गर्ने हो भने ड्राइभिङ गरेर स्टोरसम्म जानु, पार्किङ स्थल खोज्नु, स्टोरमा खरिदपछि चेकआउट लाइनका लागि प्रतीक्षा गर्नु र अन्त्यमा आफ्नो कार खोजेर घरसम्म आउनु । अर्थात्, सोच्नुहोस् कि ग्राहक विभिन्न समस्याबीच आफ्नो कति समय खर्च गर्छन् । २१ औं शताब्दीमा समय नै सबैभन्दा ठूलो धन हुनेछ ।

हामीले समयको बचतलाई ग्राहकका लागि भ्यालूमा रुपान्तरण गर्न सिकौं । ग्राहक र उनीहरुको सन्तुष्टि नै हाम्रो सबैभन्दा पहिलो प्राथमिकता हो । जहाँसम्म कर्मचारीको कुरा छ, मलाई आफ्ना १३ लाख साथीमाथि पूर्ण विश्वास छ । उहाँहरुको लगन र आत्मसमर्पणका कारण नै हामी संसारको सबैभन्दा ठूलो कम्पनी र कामका लागि सबैभन्दा सुरक्षित स्थानको रुपमा पहिचान बनाउन सफल भएका छौं ।

हुन त हामीमाथि धेरैजसो यो आरोप लाग्ने गर्छ कि हाम्रो यहाँ कामको सबैभन्दा धेरै दबाब छ । तर म यो भन्न चाहन्छु कि असली परीक्षा सधैं दबाबमा हुन्छ । हाम्रा कर्मचारी घण्टौंसम्म आफ्ना सेवा दिन्छन् र हामीलाई उनीहरुमाथि गर्व छ । एन्डी जेसी (नयाँ मुख्य कार्यकारी अधिकारी) पनि यो कुराबाट भलिभाँती परिचित छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप