शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नदीमा हामफालेर आत्महत्या गर्ने प्रयास, मलामीले गरे उद्दार

शनिबार, ०४ वैशाख २०७८, ०९ : ५८
शनिबार, ०४ वैशाख २०७८

काठमाडौं । बर्दियामा नदीमा हामफालेर आत्महत्याको प्रयास गर्ने एक जनाको उद्दार भएको छ । शुक्रबार जिल्लाको मधुवन नगरपालिका ७ का ३५ वर्षीय पुरुषले स्थानीय कुसुम्बाघाटमा रहेको झोलुङगे पुलबाट हामफालेर आत्महत्या प्रयास गरेको प्रहरीले भएको हो । 

उनी नदीमा हामफालेको देखेपछि सोही स्थानमा रहेका मलामीहरूले उद्दार गरेका थिए । ती पुरुषलाई उपचारको लागि नेपालगञ्जस्थित शिक्षण अस्पताल पठाइएको छ भने उनको  अवस्था गम्भीर रहेको छ । 

मानसिक रोगी समेत रहेका उनको बायाँ खुट्टा भाँच्चिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिए । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप