कोहलपुरमा दुर्घटनाका मृतक पाँचै जनाको सनाखत (अपडेट)
बुटवल । गएराति बाँके जिल्लाको कोहलपुरमा यात्रुबाहक बस र टिप्पर ठोक्किँदा भएको दूर्घटनामा परि मृत्यु भएका पाँचै जनाको सनाखत भएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डिएसपी सुरज खत्रीका अनुसार दूर्घटनामा परि ज्यान गुमाएका मध्ये अन्दाजी ३२ वर्षीया महिलाको शनिवार विहान सनाखत भएको हो । उनी सिराहा जिल्लाको सुखीपुर गाउँपालिका वडा नं. ३ की अम्बिका कान्ती रहेको खुल्न आएको छ ।
अन्य मृतकहरुमा कोहलपुर नगरपालिका वडा नं. १२ का २१ बर्षीय उदय बाँठा, कोहलपुर १३ का २५ बर्षीय खगेन्द्रबहादुर सुनार, सुर्खेत जिल्लाको साटाखानीका ४० बर्षीय जिवनकुमार बिक र झापा जिल्लाको मेचिनगरपालिका वडा नं. १० का ४५ का छत्रबहादुर कटुवालको राती नै सनाखत भएको थियो ।
मृतकमध्ये कोहलपुरका दुई जना टिप्परका चालक र परिचालक हुन् । मृतक अन्य तीनजना बसमा सवार यात्रुहरु रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा एक जनाको घटनास्थलमै र अन्य ४ जनाको उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालमा मृत्यु भएको हो । ३८ जना घाइते मध्ये २ जना सेना २ जना सशस्त्र प्रहरीको अस्पतालमा पठाइएको र २४ जनाको नेपालगन्जमा नै उपचार भैरहेको डिएसपी खत्रीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाइटीमा झन्डै १५ लाख मानिस विस्थापित: संयुक्त राष्ट्रसङ्घ
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
