कोहलपुरमा दुर्घटनाका मृतक पाँचै जनाको सनाखत (अपडेट)
बुटवल । गएराति बाँके जिल्लाको कोहलपुरमा यात्रुबाहक बस र टिप्पर ठोक्किँदा भएको दूर्घटनामा परि मृत्यु भएका पाँचै जनाको सनाखत भएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डिएसपी सुरज खत्रीका अनुसार दूर्घटनामा परि ज्यान गुमाएका मध्ये अन्दाजी ३२ वर्षीया महिलाको शनिवार विहान सनाखत भएको हो । उनी सिराहा जिल्लाको सुखीपुर गाउँपालिका वडा नं. ३ की अम्बिका कान्ती रहेको खुल्न आएको छ ।
अन्य मृतकहरुमा कोहलपुर नगरपालिका वडा नं. १२ का २१ बर्षीय उदय बाँठा, कोहलपुर १३ का २५ बर्षीय खगेन्द्रबहादुर सुनार, सुर्खेत जिल्लाको साटाखानीका ४० बर्षीय जिवनकुमार बिक र झापा जिल्लाको मेचिनगरपालिका वडा नं. १० का ४५ का छत्रबहादुर कटुवालको राती नै सनाखत भएको थियो ।
मृतकमध्ये कोहलपुरका दुई जना टिप्परका चालक र परिचालक हुन् । मृतक अन्य तीनजना बसमा सवार यात्रुहरु रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा एक जनाको घटनास्थलमै र अन्य ४ जनाको उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालमा मृत्यु भएको हो । ३८ जना घाइते मध्ये २ जना सेना २ जना सशस्त्र प्रहरीको अस्पतालमा पठाइएको र २४ जनाको नेपालगन्जमा नै उपचार भैरहेको डिएसपी खत्रीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय वाणिज्य बैंकद्वारा प्रमुख कार्यकारी अधिकृतको लागि दरखास्त आह्वान
-
काठमाडौँ महानगरले माग्यो कृषि विज्ञ
-
आज काठमाडौँका यी स्थानमा विद्युत् सेवा दिनभरजसो अवरुद्ध हुने
-
मासिँदै सडकपेटी, हराउँदै पैदलमार्ग (फोटोफिचर)
-
एसीसी प्रिमियर कप : तेस्रो स्थानका लागि नेपाल र हङकङ भिड्दै
-
पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण