कर्णाली सरकार जोगिँदा केन्द्रीय सरकार संकटउन्मुख

आफ्नो पदको मोह नगरी एमालेको माधव नेपाल पक्षका चार जना सांसदले फ्लोर क्रस गरेर कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सरकार जोगाइदिएका छन् ।
यसले केन्द्रीय राजनीतिलाई पनि प्रभाव पार्ने निश्चित छ । ओली सरकारले जनता समाजवादी पार्टी (जसपा) कै साथ पाएपनि माधव पक्षले फ्लोरक्रस गरिदियो भने सरकार जोगिन सम्भव हुने छैन। कर्णालीको घटनाले राजनीतिमा नयाँ खाले ध्रुवीकरणको रेखा कोरेको छ । आगामी घटनाक्रमहरु तीब्र गतिमा विकसित हुने संकेत मिलेको छ ।
नेपाली काँग्रेसले मात्र कर्णाली प्रदेश सरकारलाई विश्वासको मत दिएर नपुग्ने अवस्था थियो । यसका निम्ति प्रधानमन्त्री ओलीले झापाको संसदीय निर्वाचन क्षेत्रसहित राजधानी काठमाडौँको महानगरीय निर्वाचनमा एमालेसँग तालमेल मिलाएको राप्रपालाई तटस्थ बस्ने निर्णयमा पुर्याए । जसले गर्दा शाहीको सरकार ढल्ने अवस्था देखा परिसकेको थियो ।
तर, यसैबीच अप्रत्यासित परिणाम आयो । खाइपाइ आएको माननीयको सुविधा छापामार शैलीले त्याग्न प्रकाश ज्वाला, अमर थापा, कुर्मराज शाही र नन्दसिङ बुढा तयार भएपछि शाहीका निम्ति अनुकूल परिस्थिति सृजना हुन पुगेको हो । यो समाचार जनआस्था साप्ताहिक छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सागसब्जी बेचेर मासिक एक लाख आर्जन
-
अस्ट्रेलियाका म्याथ्यू वेड गुजरात टाइटन्सको सहायक प्रशिक्षक
-
संविधानलाई संशोधन गरेर सर्वमान्य बनाउनुपर्छ : सांसद यादव
-
प्रदेश सभातिर धाएर के सन्देश दिन खोज्दैछन् प्रधानमन्त्री ?
-
अन्तिम खेलमा बेंगलुरुसँग पराजित भएपछि मुम्बई एलिमिनेटर खेल्न बाध्य, दिल्ली सिधै फाइनलमा
-
प्रदेश सभामा प्रधानमन्त्रीले सम्बोधन गर्नु संघीयताप्रतिको प्रतिबद्धता नै हो