असिनाले तरकारी नष्ट
छथरजोरपाटी गाउँपालिका–६ का अमरबहादुर थापाले २५ रोपनीमा बन्दा, आलु, मटर र साग बाली लगाएका थिए। तर, बिहीबार साँझ असिनाले सबै नष्ट गरेको छ। ८ लाख रुपैयाँ नोक्सानी भएको थापाले बताए। ‘आलुबाहेक बन्दाकोभी, मटरकोसा र साग टिप्ने बेला हुन लागेको थियो’, थापाले भने, ‘तर, विनाशकारी असिनाले सबै सोत्तर बनायो।’
उनले लघुवित्त र सहकारीबाट ३ लाख रुपैयाँ ऋण काढेर तरकारी खेती गरेका थिए। तरकारी नष्ट भएपछि ऋण कसरी तिर्ने भन्ने चिन्ता भएको छ। यस्तो विनासकारी असिना २९ वर्षअघि २०४९ सालमा परेको उनको भनाइ छ। त्यसयता असिना परे पनि तरकारी बाली क्षति परेको थिएन। अर्का स्थानीय दीपक गुरुङको २० रोपनीमा फलेको तरकारी असिनाले चुटेर नष्ट गरिदिएको छ।
‘बिहीबार बिहानसम्म वारी तरकारीले हरियै देखिन्थ्यो’, गुरुङले भने, ‘शुक्रबार बिहान हेर्दा जग्गा मात्रै देखें।’ ३ लाख रुपैया नोक्सानी भएको उनले बताए।
अर्का किसान शेरबहादुर विष्टको १० रोपनी वारीमा बन्दाकोभी फलेको थियो। केही दिनभित्रै टिपेर बजार लैजाने उनको योजना थियो। तर असिनाले नष्ट गरि जमिनमै मिलाइदिएको दुखेसो उनले पोखे।
जिल्लामै सबैभन्दा बढी तरकारी उत्पादन हुने क्षेत्र हो, छथरजोरपाटी गाउँपालिका र महालक्ष्मी नगरपालिका। यी दुई स्थानीय तहमा असिनापानीले ३० करोड रुपैयाँबराबरको तरकारी बाली नष्ट भएको प्रारम्भिक तथ्यांक छ। छथरजोरपाटीका ६ र २ वडामा पूर्ण र १ र अन्य वडामा आंशिक क्षति पुगेको छ। प्रारम्भिक विवरण हेर्दा १५ करोड रुपैयाँबराबरको क्षति भएको कृषि शाखा प्रमुख मिलन कार्कीले बताए। महालक्ष्मीका १, २, ३, ८ र ९ वडाका किसानले लगाएका तरकारी बालीमा असिनाले क्षति पुर्याउँदा १५ करोड रुपैयाँ नोम्सानी भएको प्रारम्भिक अँकडा आएको नगर प्रमुख पर्शुराम नेपालले बताए।
करिव २ हजार घरपरिवार किसानले लगाएका बन्दाकोभी, काउली, आलु, मटरकोसा, सागलगायत तरकारी बाली असिनाले नष्ट बनाएको छ। त्यस्तै, रोप्न तयारी अवस्थामा रहेका वेर्नालाई असिनाले क्षति बनाएको छ। असिनाले किसानका टनेल घरका प्लास्टिक मात्रै होइन किसानका घरको टिनको छानोसमेत प्वाल बनाइदिएको छ।सुलभ ऋण तथा वचत सहकारी संस्था सिँधुवाका अध्यक्ष मेघेन्द्र गुरुङले किसानले रायो र मटरकोसाको ६० प्रतिशत बाली लिइसकेको बताए। अहिले क्षति भएको ४०÷४० प्रतिशत मात्रै हो। अगुवा काउली किसानले टिप्न मात्रै लागेका थिए। काउलीमा शतप्रतिशत क्षति पुगेको छ। अन्नपूर्ण पोस्टमा यो समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुन तस्कर र कर्मचारीबिच कनेक्सनको गहिराइबारे अध्ययन गर्दै सहसचिव नेतृत्वको समिति
-
प्रसाईंलाई दिइएको हतियार अनुमतिबारे छानबिन गर्न समिति गठन
-
विराट गोल्डकप : आर्मीलाई पराजित गर्दै एनआरटी क्वाटरफाइनलमा
-
नेपालमा धर्म परिवर्तन डरलाग्दो समस्या भयो : कमल थापा
-
खराब मौसमका कारण दुई सयभन्दा बढी विदेशी पर्यटक मन्थलीमा रोकिए
-
नाउपाका नेता घनश्याम चौधरी भन्छन्– सुदूरपश्चिम सरकारबाट हामी फिर्ता हुँदैनौँ