केन्द्रीय संस्करण

बाइडेनको अभिव्यक्तिलाई रुसले सम्मान गर्ने

person explore access_timeबैशाख ३, २०७८ chat_bubble_outline0

एजेन्सी । बाइडेनले रुस र अमेरिकाबीचको तनाव कम गर्ने समय आएको भनी दिएको अभिव्यक्तिलाई रुसले सम्मान गर्ने रूसी प्रशासनिक केन्द्र क्रेमलिनले शुक्रबार जानकारी गराएको छ ।  अमेरिकी राष्ट्रपति बाइडेनले मङ्गलबार रुस र अमेरिकाको सहयोगी मुलुक युक्रेनबीच बढ्दो तनावको बारेमा छलफल गर्न आफू र पुटिनले तटस्थ भूमिमा शिखर बैठकको प्रस्ताव गरेका थिए ।

साथै वासिङ्टन र मस्कोबीच तनाब अन्त्य गर्ने बेला आएको बाइडेनले बिहीबार बताएका थिए ।

क्रेमलिनका प्रवक्ता दिमित्री पेश्कोभले शुक्रबार पत्रकारसँग भने, ‘रूसी राष्ट्रपति पुटिनले सम्बन्ध निर्माणको लागि यो समय उत्कृष्ट रहेको र यो समय अमेरिकासँगको सम्बन्धलाई सामान्य बनाउने र सम्बन्ध विस्तार गर्नुपर्ने बताउनुभएको छ ।’

‘उहाँले बारम्बार भन्नुभएको छ हामी हाम्रा समकक्षीसँग वार्तालाप गरी सम्बन्ध विकास गर्न तयार छौं’ क्रेमलिन प्रवक्ताले भने । “विवाद समाधान कम गर्ने सम्बन्धमा ‘राम्रो’ कुरा यो हो कि दुई मुलुकका नेताहरूको दृष्टिकोण मेल खाएको छ ।”

फिनल्यान्डका राष्ट्रपति सउली निनिस्तोले शुक्रबार आफ्नो देशलाई सम्भावित बैठकस्थलकोे लागि प्रस्ताव गरिसक्नुभए पनि क्रेमलिन अझै पनि पुटिन–बाइडेन शिखर सम्मेलनको प्रस्तावबारे विचार गरिरहेको उनले बताए ।

तनाव कम गर्ने आह्वानको बाबजुद वासिङ्टनले हालै चुनावी तथा साइबर हस्तक्षेपको आरोप लगाएको थियो जसले मस्कोलाई थप आक्रोशित पारेको थियो । क्रेमलिनले ‘दण्डले सम्भावित शिखर सम्मेलनलाई सहयोग’ नगर्ने पनि बताएको छ । उनले भने, “प्रतिबन्धको बाटो रसका लागि अस्वीकार्य रहेको छ ।”

निर्वाचनका समय बाइडेनले आफ्नो पूर्ववर्ती डोनाल्ड ट्रम्पको भन्दा मस्कोसँग धेरै कडा नीति लिने प्रतिवद्धता व्यक्त गरेका थिए ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.