मौसम खराबीले उडान सामान्य प्रभावित

काठमाडौं । मौसमको खराबीले मुलुकको एक मात्र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा अन्तरराष्ट्रिय उडान सामान्य प्रभावित भएको छ । मौसम खराबीले भिजिबिलिटी बिग्रिएपछि अन्तरराष्ट्रिय उडानका केही एयरलाइन्स डाइभर्ट भएका छन् भने आन्तरिकतर्फ सात उडान डाइभर्ट गरिएको विमानस्थल कार्यालयले जनाएको छ ।
विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार अन्तर्राष्ट्रियतर्फ दमामबाट आइरहेको हिमालय एयरलाइन्सको जहाज बनारस डाइभर्ट भएको छ । दिल्लीबाट आएको एयर इण्डियाको जहाज पनि बनारस डाइभर्ट गरिएको छ । दोहाबाट काठमाडौँ आउँदै गरेको कतार एयरवेज कोलकात्ता डाईभर्ट भएको छ । यस्तै नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)को जहाज दिल्लीबाट काठमाडौँ आउँदै गरेकामा मौसम खराबीले उतै फर्किएको विमानस्थलले जनाएको छ ।
आन्तरिकमा बुद्ध र यतीका सात उडान विभिन्न गन्तव्यमा डाइभर्ट भएका छन् । काठमाडौंसहित मुलुकका विभिन्न स्थानमा अपराह्नपछि मौसम बद्ली भई चट्याङ्ग/हावाहुरीसहितको वर्षा भएको छ । काठमाडौँ उपत्यकामा हल्का वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौँमा १२ मिलिमिटर वर्षा भएको छ । सबैभन्दा बढी धनकुटामा १५ मिलिमिटर वर्षा भएको छ । काठमाडौँको न्यूनतम तापक्रम १३ र अधिकतम तापक्रम २६ डिग्री सेल्सियस रहेको महाशाखाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नबिल बैंक सम्मानित
-
महावीरको जीवनबाट सिक्दै सत्कर्ममा हिँडौँ : सतिशकुमार सिंह
-
वैदेशिक रोजगारबाट भित्रिने पुँजी र सीपको सदुपयोग गर्ने वातावरण बन्छ : अर्थमन्त्री
-
‘सञ्चालकहरूको सेयर १ वर्षसम्म बिक्री गर्न नपाउने व्यवस्था अव्यवहारिक’
-
नेपालले चीनको विकास र समृद्धिबाट लाभ लिनुपर्छ : अध्यक्ष दाहाल
-
शीतभण्डारमा दुई सय १० मेट्रिकटन आलु भण्डारण