केन्द्रीय संस्करण

बेलायतमा २४ घन्टामा कोरोनाबाट ३४ जनाको मृत्यु

person explore access_timeबैशाख ३, २०७८ chat_bubble_outline0

 

लन्डन । बेलायतमा बितेको २४ घन्टामा थप ३४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । अघिल्लो दिन ३० जनाको मृत्यु भएको थियो । योसँगै कोरोना संक्रमणका कारण बेलायतमा मृत्यु हुनेको संख्या एक लाख २७ हजार २२५ पुगेको छ । कोरोना संक्रमणका कारण सबैभन्दा बढी मृत्यु हुने मुलुकमध्ये अमेरिका, ब्राजिल, मेक्सिको, भारत पछि बेलायत पाँचौं स्थानमा पर्दछ ।

यसैगरी बेलायतमा बितेको २४ घन्टामा दुई हजार ५ सय ९६ जना नयाँ संक्रमित थपिएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले जानकारी दिएको छ । यससँगै बेलायतमा संक्रमितको संख्या ४३ लाख ८३ हजार ७३२ पुगेको छ । पछिल्लो एक सातामा संक्रमण डर ८.५ प्रतिशतले घटेको सरकारी तथ्यांकमा उल्लेख छ ।

बेलायतमा सक्रिय संक्रमितको संख्या एक लाख ३७ हजार ५१५ छ भने ४१ लाख १८ हजार ८३२ संक्रमित निको भइसकेको वर्ल्डओमिटरको तथ्यांकमा उल्लेख छ ।

अस्पतालमा उपचार गराइरहेका र नयाँ भर्ना हुनेको संख्यामा पनि कमि आएको छ । शुक्रबार   सार्वजनिक तथ्याँक अनुसार हाल भेन्टिलेटर बेडमा उपचार गर्नेको संख्या ३२९ रहेको छ ।

त्यस्तै, पछिल्लो २४ घन्टामा २०४ संक्रमित अस्पताल भर्ना भएका छन् । हाल अस्पतालमा उपचार गराइरहेका कोरोना बिरामीको संख्या दुई हजार २९१ मा झरेको छ ।

४ करोड १५ लाख बढी खोप वितरण

बेलायतमा हालसम्म खोपको पहिलो र दोस्रो गरि चार करोड १५ लाख ५ हजार ७७८ डोज वितरण भएको छ । तीन करोड २५ लाख ७४ हजार २२१ जनाले खोपको पहिलो र ८९ लाख ३१ हजार ५४७ जनाले खोपको दोस्रो डोज लिएका छन् ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.