सुदूरपश्चिम प्रदेश : ओली पक्षको अनुपस्थितिमा एमाले संसदीय दलको विधान पारित

कैलाली । नेकपा एमालेको सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठक ले विधान पास गरेको छ । विधान पास गर्दा केपी ओली पक्षका सांसदहरुको उपस्थिति थिएन । खनाल–नेपाल पक्षका २० सांसदहरुको उपस्थितिमा नेकपा एमाले संसदीय दलको कार्यालयमा ‘नेकपा एमाले संसदीय दलको विधान २०७८’ पास गरिएको हो ।
नेकपा एमालेका संसदीय दलका नेता प्रकाशबहादुर शाहले प्रस्तुत गरेको सो विधानलाई नेकपा एमालेका प्रदेश सभा सदस्यहरुले दिएको सुझावसहित पास गरिएको संसदीय दलका प्रमुख सचेतक तारा लामा तामाङले रातोपाटीलाई जानकारी दिए । विधानसँगै सुदूरपश्चिममा बढदै गरेको कोरोना रोकथाम र उपायका बारेमा समेत छलफल गरिएको प्रदेशसभा सदस्य दीर्घ सोडारीले बताए ।
यता केपी पक्षका सांसदहरुले भने आफूहरुलाई जानकारी नै नदिइ एकलौटी रुपमा विधान पास गर्नु गलत भएको बताएका छन् । ओली पक्षका सांसद एवम् जिल्ला अध्यक्ष रतन थापाले विधान पास गरेको प्रति आक्रोश व्यक्त गरे । उनले भने, ‘हामीहरूको उपस्थितिबिना पास गरिएको विधानको कुनै औचित्य छैन ।’ ओली पक्षका सांसद पठान सिह बोहोराले यो अनुशासनविपरित काम भएको बताए । सुदूरपश्चिम प्रदेश सरकारमा केपी पक्षका ५ जना सांसद छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पर्यटकीय क्षेत्र नरसिंहकोट जोड्न पदमार्ग निर्माण
-
१२ बजे, १२ समाचार : अछाममा आगलागी हुँदा सात पसल पूर्णरूपमा जलेदेखि ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञले दिए राजीनामासम्म
-
पर्वतीय पथप्रदर्शकलाई ‘हाई माउन्टेन रेस्क्यु’ तालिम
-
सामरी खोलामा मापदण्डविपरीत उत्खनन, हेरेर फर्कियो जिसस
-
ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ अधिकारीले दिए राजीनामा
-
१० बजे १० समाचार : शान्तिपूर्ण रह्यो राप्रपाको सभा, तीनकुने घटनामा पक्राउ पर्ने क्रम जारी