केन्द्रीय संस्करण

कोरोनाभाइरस हावामार्फत् तीब्र रुपमा फैलने कुराको बलियो प्रमाण छः ल्यान्सेट जर्नल

person explore access_timeबैशाख ३, २०७८ chat_bubble_outline0

स्वास्थ्यमा अनुसन्धान गर्ने संसारको सबैभन्दा ठूलो मेडिकल जर्नल लासेन्टले कोरोनाभाइरस हावामार्फत् फैलने दाबी गरेको छ । पत्रिकाले आफ्नो सर्वेक्षणमा हावामार्फत् भाइरस फैलने बलियो प्रमाण भएको दाबी गरेको हो । बेलायत, अमेरिका र क्यानडाका ६ विज्ञले हावामार्फत् भाइरस फैलिएका कारण संक्रमण रोक्नका लागि अंगीकार गरिएको उपायले काम नगरेको र यो मानिसहरुमा व्यापक रुपमा फैलिरहेको बताएका छन् ।

विशेषज्ञले विश्व स्वास्थ्य संगठन र अन्य स्वास्थ्य एजेन्सीले भाइरस के कसरी फैलन्छ भन्ने आफ्नो जानकारीलाई बदल्न र संक्रमण रोक्न सहयोग गर्न अपिल गरेका छन् ।

विशेषज्ञले अनुसन्धानका यी बुँदालाई आधार मानेर गरे दाबीः

सुपर स्प्रेडर इभेन्टको आधारः

विशेषज्ञले अनुसन्धानकोरिभ्यू हावाबाट फैलने दाबीलाई बलियो बनाउन केही प्रमाण राखेका छन् । यसमा शीर्ष स्थानमा सुपर स्प्रेडर इभेन्ट्सको कुरा उठाइएको छ । यसमा कागिट चोयर इभेन्टको कुरा गरिएको छ । यसमा एउटै संक्रमितमार्फत् ५३ व्यक्तिमा भाइरस फैलने मामिला सार्वजनिक भएको थियो । अनुसन्धानमा पत्ता लागे अनुसार यो कार्यक्रममा नजिकको सम्पर्कमा रहेका व्यक्ति वा सतहबाट संक्रमण फैलने कुरा प्रमाणित भएन ।

खुल्ला स्थानमा भाइरस धेरै फैलियोः

अनुसन्धानमा बताइए अनुसार इनडोरको साटो आउटडोर संक्रमण बढी फैलन्छ । हावा पास हुने कोठामा संक्रमण फैलने दर बाहिरी वातावरणको तुलनामा कम पाइएको छ ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.