प्रस्तावित न्यायाधीशलाई देव गुरुङको प्रश्न : जनतालाई अदालत सेटिङमा चल्यो भन्ने पर्यो, कसरी सुधार गर्ने ?
काठमाडौं । पूर्वमन्त्री तथा नेकपा माओवादी केन्द्रका सांसद देव गुरुङले समयमै न्याय दिन नसक्नुमा अदालती प्रकृयामा हुने आर्थिक चलखेल प्रमुख कारण भएको आरोप लगाएका छन् । शुक्रबार सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशहरुको संसदीय सुनुवाइका क्रममा बोल्दै गुरुङले ‘अहिले अदालत संविधानको रक्षाका लागि लागिपरेको हो या क्षयिकरणमा ?’ भन्ने गम्भीर प्रश्न उब्जिएको बताएका हुन् । ‘सुप्रिमेसी संसदको हो कि अदालतको हो भन्ने सम्बन्धमा संसदीय सुनुवाइमा पनि देखियो’, गुरुङको भनाइ छ ।
उनले जनतालाई अदालत सेटिङमा चल्यो भन्ने परेको भन्दै यसलाई कसरी सुधार गर्ने भन्ने चिन्ता रहेको पनि बताए । ‘शान्तिप्रकियाको उल्लंघन त न्यायपालिकाबाट भएको छ । यो विषय टीआरसीमा मुद्दा लैजान नदिने अदालतको आदेश र फिर्ता लिन नमिल्ने आदेश पनि कारक हो’, गुरुङको भनाइ छ ।
बैठकमा सांसदहरुको प्रश्नको जवाफ दिँदै सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित नहकुल सुवेदीले न्याय महङ्गो भएको भन्दै आफु न्यायाधीश भए निष्पक्ष न्याय सम्पादन गर्ने प्रतिबद्धता जनाए । सांसदहरुले सोधेको प्रश्नको जवाफ दिदै प्रस्तावित न्यायाधीश सुवेदीले अहिले आफूलाई जितेर पनि हारेको जस्तो अनुभूति भइरहेको सुनाए । सुवेदीले हार्ने पक्षबाट जित्नेलाई क्षतिपूर्ति गराउने व्यवस्था गरे नचाहिँदो मुद्दा नपर्ने जिकिर गरे ।
‘म न्यायाधीश बने निष्पक्ष भएर न्याय सम्पादन गर्नेछु’, सुवेदीले भने, ‘अदालतप्रतिको आस्था र विश्वास घट्यो भने लोकतन्त्र सुदृढ र बलियो बन्न सक्दैन । त्यसकारण न्यायाधीश स्वतन्त्र, र निष्पक्ष हुनैपर्छ । न्यायाधीश कुनै दबाब, प्रभावमा पर्नु हुँदैन,’ सुवेदीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
-
रास्वपा लुम्बिनी अधिवेशन : मतदान सुरु
-
बारा र खोटाङसहितका जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता असार ७ सम्म अद्यावधिक गर्न सकिने
-
पूर्वआयोजक र युरोपेली डार्क हर्सबिच मध्यराति भिडन्त
-
कोशीको आर्थिक वृद्धिदर ३.१३ प्रतिशत पुग्ने अनुमान, प्रतिव्यक्ति आम्दानी १,४१० डलर (पूर्णपाठ)
-
एकताको नारामा संस्थापनविरुद्ध एक हुँदै कांग्रेसको इतर पक्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण