शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

प्रचण्डलाई ओलीको फोन

शुक्रबार, ०३ वैशाख २०७८, १४ : २९
शुक्रबार, ०३ वैशाख २०७८

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई टेलिफोन गरेका छन् । ललितपुरको कोञ्ज्योसोम गाउँपालिकामा रहेका प्रचण्डलाई प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष ओलीले फोन गरेका हुन् ।

‘उक्त गाउँपालिकाको भवन उद्घाटन गर्न गएका बेला ओलीले आफूलाई फोन गरेको प्रचण्डले जानकारी दिए । मलाई थाहा छैन यो राम्रो हो कि नराम्रो हो । म यहाँ बस्दै गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीको फोन आयो धेरै समयपछि । म एउटा गाउँपालिकाको भवन उद्घाटन गर्दैछु भनेँ’ कार्यक्रममा उनले भने ।

प्रधानमन्त्री ओलीसँग उक्त गाउँपालिकाको बाटो निर्माणका लागि आफूले भनिदिने आश्वासन पनि दिए ।  प्रचण्डले भने, ‘उहाँको फोन आएपछि तपाईंले के भन्न खोजेको हो ? यो बाटो बनाइदिनुस् ठूलो काम हुन्छ भन्ने वाला छु । मेरो तर्फबाट पूर्वाधार विकासमा सहयोग गर्ने विश्वास दिलाउन चाहन्छु ।’

संसद विघटनपछि टाढिएका ओली र प्रचण्डबीच पुसमा पनि टेलिफोन संवाद भएको थियो । २३ फागुनको सर्वोच्च फैसलाले ओली र प्रचण्डको पार्टी समेत अलग अलग भएको छ । ओलीले जनता समाजवादी दलको समर्थन लिने प्रयास गरिरहेका छन् भने प्रचण्ड काँग्रेस, माओवादी र जसपाको सरकार बनाउने प्रयासमा छन् । यस्तो अवस्थामा ओलीले प्रचण्डलाई गरिएको फोन अर्थपूर्ण छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप