सन्तान प्राप्तिका लागि आईभीएफ उपचार पद्धतिः वात्सल्यले दियो निःसन्तानलाई खुसी

काठमाडौं । बदलिँदो जीवनशैली, असन्तुलित खानपान, वातावरण प्रदूषण जस्ता विभिन्न कारणहरूले हाम्रो प्रजनन क्षमतामा कमि आइरहेको छ ।
वर्षेनी सयौं दम्पतीहरु सन्तान प्राप्तिमा सफल नभएर उपचारका लागि विदेश जानुपर्ने बाध्यता छ । आई.भी.एफ. जस्ता आधुनिक उपचारका लागि छिमेकी मुलुक र विदेश नै जानुपर्ने वाध्यताको अहिले अन्त्य भएको छ । नेपालमा अहिले आई.भी.एफ. पद्धतिको सुरुवात गरेको छ वात्सल्य नेचुरल आई.भी.एफ.ले ।
नेपालमै अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्ने उद्देश्यसहित ४ वर्ष अगाडिबाट शुरु भएको वात्सल्य नेचुरल आई.भी.एफ.ले सन्तान प्राप्तिमा समस्या देखिएका दम्पतीका लागि सेवा दिँदै आएको छ ।
वात्सल्यका कार्यकारी निर्देशक सृष्टि खड्काले यौन जीवनसँग सम्बन्धित विषयमा खुलेर कुरा गर्न हिच्किचाउने हाम्रो परिवेशमा दम्पतीलाई सहज महसुस गराउन, सफल हुन सम्भव छ भनी विश्वास दिलाउन आई.भी.एफ. पद्धतिलाई भित्र्याएको बताइन् । वात्सल्यले हालसम्म १ हजार ५ सय आई.भी.एफ., ३ सय आई.यू. र ४ सय ५० प्राकृतिक गर्भधारण गराउन सफल भएको खड्काले बताइन् ।
विज्ञ चिकित्सक र अन्तर्राष्ट्रिय स्तरको प्रविधिमार्फत वात्सल्यले सेवा प्रदान गर्दै आइरहेको छ । निस्सन्तान सम्बन्धि सम्पूर्ण उपचार सफलताका साथ नेपालमै गराउन सम्भव रहेको खड्काले बताइन् । हालसम्म वात्सल्यमा नेपाल, पाकिस्तान, हङकङ, जापान, अमेरिका, अस्ट्रेलिया जस्ता मुलुकमा बस्ने विभिन्न दम्पतीले सफल उपचार गराइसकेको खड्काले बताइन् ।
निःसन्तान सम्बन्धि कारण पहिचान र उपचार, आई.भी.एफ., आई.यू.आई. वीर्य जाँच, डिम्ब र शुक्राणुरम्भको फ्रिजिङ, प्रसुतिपूर्वको सम्पूर्ण जाँच, डाइटिसियन सेवा, बालरोग उपचार सेवा जस्ता गर्भधारणसँग सम्बन्धित सवै सेवाहरु प्रदान गर्दै आइरहेको वात्सल्यले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हुम्लाका दुर्गम गाउँमा टेलिकमको ‘फोरजी’ सञ्चालनमा
-
१२ बजे, १२ समाचार : पशुपति जलहरी प्रकरणमा अख्तियारद्वारा सर्वोच्च्मा पुनरावलोकन दर्तादेखि सुप्रिम सहकारी ठगीमा रवि र छविको मुद्दा एकसाथ सुनुवाई हुनेसम्म
-
रिंकु र प्रकृतिका लागि न्याय माग्दै सिराहामा प्रदर्शन
-
गुल्मीको इस्मा गाउँपालिकामा कपडा बैङ्क स्थापना
-
फिल्म ‘लाज शरणम’को जाँचपछि सेन्सर बोर्डले के भन्यो ?
-
किन पर्यो नेपाल ‘ग्रे लिष्ट’मा, यसले कस्तो प्रभाव पर्छ ?