आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

कर्णाली प्रदेश : विपक्षमा मतदान गर्न एमालेको ह्वीप

शुक्रबार, ०३ वैशाख २०७८, १३ : ४६
शुक्रबार, ०३ वैशाख २०७८

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत नदिन एमालेले आफ्ना सांसदलाई ह्वीप जारी गरेको छ । एमाले संसदीय दलका नेता यमलाल कँडेलको निवासमा बसेको संसदीय दलको बैठकले आफ्ना पार्टीका सांसदहरुलाई मुख्यमन्त्री शाहीको प्रस्तावको विपक्षमा मतदान गर्न ह्वीप जारी गरेको हो ।

एमाले सांसद गुलाबजंग शाहले विश्वासको मतको विपक्षमा मतदान गर्न एमालेका सांसदहरुलाई ह्वीप जारी गरिएको रातोपाटीलाई बताए ।

दिउँसो २ बजेका लागि बोलाइएको प्रदेशसभा बैठकमा मुख्यमन्त्री शाहीले विश्वासको मत लिने कार्यसूची छ । नेकपा एमालेले समर्थन फिर्ता लिएसँगै प्रदेश सरकार अल्पमतमा परेपछि मुख्यमन्त्री शाहीले विश्वासको मत लिन लागेका हुन् ।

प्रदेशसभामा ठुलो दलका रुपमा रहेको एमालेको २० सांसद छन् भने सत्तारुढ माओवादी केन्द्रको १२ सांसद छन् । प्रदेशसभामा नेपाली काँग्रेसका ६ र राप्रपाका एक सांसद छन् । राप्रपाले विश्वासको मतका सन्दर्भमा तटस्थ भूमिका निर्वाह गर्ने जनाइसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप