निक्षेप र कर्जामा एनआइसी एसिया आक्रामक, बाणिज्य बैंकहरुमा एक महिनामा सवाँ एक खर्ब निक्षेप
बाणिज्य बैंकहरुमा निक्षेप संकलन र कर्जा लगानीमा एनआइसी एसिया बैंक अगाडी देखिएको छ ।
बैंकले चैत मसान्तसम्म २ खर्ब ९५ अर्ब ६१ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ । दोस्रो बढी निक्षेप ग्लोबल आईएमई बैंकले संकलन गरेको छ । चैत मसान्तसम्म ग्लोबल आईएमई बैंकको निक्षेप संकलन २ खर्ब ५८ अर्ब ५३ करोड रुपैयाँ पुगेको छ ।
फागुनमा ३८ खर्ब २६ अर्ब निक्षेप संकलन गरेका बैंकहरुले एक महिनामा १ खर्ब १७ अर्ब ९५ करोड रुपैयाँ निक्षेप संकलन गरेको नेपाल बैंकर्स एसोसिएसनले जनाएको छ ।
यता कर्जा लगानी पनि १ खर्ब ६१ अर्ब ९९ करोड एक महिनामै गएको छ । कर्जा प्रवाहमा पनि एनआइसी एसिया नै अगाडी देखिएको छ । चैत मसान्त सम्म एनआइसी एसियाले २ खर्ब ५९ अर्ब ९९ करोड लगानी विस्तार गरेको छ । एनआइसीले एक महिनामा ७ अर्ब ४७ करोड लगानी विस्तार गरेको छ ।
२७ वटा बाणिज्य बैंकहरुले चैत मसान्तसम्म ३५ खर्ब ७३ अर्ब ४९ करोड रुपैयाँ ऋण प्रवाह गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेकेन्ड ह्यान्ड आइफोन किन्दै हुनुहुन्छ ? यी कुरामा ध्यान दिनुहोस्
-
हिमाल हेर्न नेपाल आएका पिटर शैक्षिक उन्नयनमा सक्रिय
-
सिस्टमले चलेको देश जापान
-
दीपिकाको 'लेडी सिंघम' लुक सेयर गर्दै रोहितले भने- मेरो वास्तविक जीवनको हिरो
-
फोन बारम्बार ह्याङ्ग हुन्छ ? अपनाउनुहोस् यो उपाय
-
सुनकोसी मरिण डाइभर्सन : सुरुङ खन्न एक सय १० मिटर बाँकी