घरमा बसेर कोरोनाको उपचार कसरी गर्ने ? थाहा पाउनुहोस् के खाने, के नखाने ?
कोरोनाको दोस्रो लहरले भारतमा ताण्डव मच्चिरहेको छ । नेपालमा पनि दैनिक रुपमा कोरोनाका संक्रमित बढ्ने क्रम जारी छ । दोस्रो चरणमा कोरोनाको संक्रमण अत्यधिक तीब्र गतिमा फैलिरहेको छ । कोरोनाको गम्भीर मामिलामा बिरामीलाई अस्पताल भर्ना गर्नुपर्छ तर हल्का वा मध्यम मामिलामा घरमा बसेर नै यसको उपचार गर्न सकिन्छ । यसलाई होम आइसोलेशन पनि भनिन्छ । होम आइसोलेशनमा बिरामीले आफूलाई घरका अन्य सदस्यभन्दा अलग राखेर आफ्नो उपचार गराउने गर्छन् । कोरोनाका बिरामीले घरमा बसेर कसरी निको हुन सकिन्छ भन्ने जानकारी लिऔं ।
होम आइसोलेशनका लागि आवश्यक नियमः
होम आइसोलेशनका लागि कोरोनका बिरामीका लागि घरमा छुट्टै र हावा पास हुने कोठा हुन आवश्यक छ । बिरामीका लागि छुट्टै शौचालय हुनुपर्छ । बिरामीको २४ सै घण्टा हेरविचार गर्नका लागि कोही न कोही उपलब्ध हुनुपर्छ । ध्यान दिनुपर्ने कुरा के छ भने होम आइसोलेशनमा बसिरहेका बिरामीको लक्षण गम्भीर हुनुहुँदैन । गम्भीर हुँदा बिरामीलाई अस्पतालमा भर्ना हुन सल्लाह दिइन्छ ।
होम आइसोलेशनमा बिरामीले के गर्नुपर्छ ?
बिरामीले आफ्नो कोठाको झ्याल खुल्ला राख्नुपर्छ । बिरामीले जतिबेला पनि तीन तह भएको मास्क लगाउनुपर्छ र यसलाई हरेक ६–८ घण्टामा फेर्नुपर्छ । साबुन र पानीले ४० सेकेन्डसम्म हात धुनुपर्छ । धेरै छोइने सतहलाई सकेसम्म नछुने । आफ्नो भाँडा, तौलिया, तन्ना, कपडा नितान्त भिन्न राख्नुहोस् र अरुलाई प्रयोग गर्न नदिनुहोस् ।
घरमा बसिरहेका बिरामीले दिनमा दुई पटक आफ्नो ज्वरो र अक्सिजनको स्तर परीक्षण गर्नुपर्छ । शरीरको तापक्रम सय फरेनहाइटभन्दा बढी हुनुहुँदैन । यस्तै अक्सिमिटरबाट अक्सिजनको स्तर हेर्नुहोस् । SpO2 रेट ९४ प्रतिशतभन्दा कम नहोस् । यदि तपाईंलाई अन्य कुनै रोग लागेको छ भने त्यसको उपचार पनि सँगसँगै लैजानुहोस् । आइसोलेशनमा हुँदा धुम्रपान, मद्यपान र कुनै नशालु चिजको सेवन फिटिक्कै नगर्नुहोस् । डाक्टरको सल्लाहको पालना गर्नुहोस् र नियमित रुपमा औषधी लिनुहोस् ।
कस्तो होस् डाइट ?
कोरोना बिरामीले घरमा बनेको ताजा र सादा भोजन गर्नुपर्छ । मौसमी, रङ्गीबिरङ्गी र सुन्तलालगायतका ताजा फलफूल र गेडागुडी, दाललगायत प्रोटिनले भरपुर आहार लिनुहोस् । खानामा अदुवा, लसुन र बेसारजस्ता मसला प्रयोग गर्नुहोस् । दिनमा दैनिक ८–१० गिलास पानी पिउनुहोस् ।
लो फ्याटयुक्त दुध र दही खानुहोस् । मांसाहारीले छाला बिनाको कुखुराको मासु, माछा र अण्डाको सेतो भाग खानुहोस् । केही पनि खानु अघि त्यसलाई राम्रोसँग धुनुहोस् । कोरोनाका बिरामीको खाना कम कोलेस्ट्रोलयुक्त तेलमा पकाउनुपर्छ ।
के नखाने ?
कोरोनाका बिरामीले मैदा, तारेको खाना र जंक फूड खानुहुँदैन । चिप्स, प्याकेट जुस, कोल्ड डिङङ्क्स, चिज, नौनी, तारेको खसीको मासु, प्रोसेस्ड मिट र पाम ओयलजस्ता अनस्याचुरेटेड फ्याटबाट टाढै रहनुपर्छ । अण्डाको पहेँलो भाग हप्ताको एकपटक मात्रै खानुहोस् । हप्तामा मांसहारी खाना दुईदेखि तीनपटक भन्दा बढी नखानुहोस् ।
होम आइसोलेशनको अवधिः
साधारणतया होम आइसोलेशनको अवधि १४ दिनसम्म हुन्छ । यसद बिरामीलाई अन्तिम १० दिनमा ज्वरो वा अन्य कुनै लक्षण देखिएन भने डाक्टरसँगको सम्पर्क पश्चात् होम आइसोलेशनबाट निस्कन सक्नुहुन्छ ।
ध्यानमा राख्नुहोस् यी कुराः
कोरोना भाइरसले शरीरका साथै बिरामीलाई मानसिक रुपमा पनि कमजोर बनाइदिन्छ । त्यसैले उपचारका बेला बिरामीले आफ्नो मानसिक स्वास्थ्यबारे पनि पूरा ध्यान राख्नुपर्छ । तपाईं होम आइसोलेशनमा बस्दा पनि फोन र भिडियो कलमार्फत् आफ्ना साथी र आफन्तलाई सम्पर्क गर्न सक्नुहुन्छ । यतिबेला आफूलाई मन परेको किताब पढ्नुहोस् । मोबाइलमा मनपर्ने शो हेर्नुका साथै हल्का फुल्का गेम पनि खेल्न सक्नुहुन्छ । आफूलाई धेरै दबाबमा नपार्नुहोस् र पर्याप्त आराम लिनुहोस् ।
यी लक्षणमा पनि विचार गर्नुहोस्ः
होम आइसोलेशनमा बसिरहेका बिरामीले केही अन्य लक्षणमा पनि ध्यान दिनुपर्छ । ज्वरोका साथै सास फेर्न गाह्रो हुने, छातीमा लगातार पीडा हुनु वा दबाब हुनु, मानसिक भ्रम हुनु, ओठ वा अनुहार निलो हुनु जस्ता लक्षण देखिँदा आफ्नो डाक्टरसँग तुरुन्तै सम्पर्क गर्नुहोस् ।
घरका सदस्यले यी कुरालाई ध्यानमा राख्नुपर्नेः
यदि घरमा कुनै कोरोनाका बिरामी छन् भने २४ देखि ५० वर्षका कुनै पनि व्यक्तिले उनीहरुको हेरविचार गर्न सक्छन् । हेरविचार गर्ने व्यक्ति शारीरिक रुपमा स्वस्थ हुनुपर्छ । बिरामीको हेरविचार गरिरहेका व्यक्तिमा क्यान्सर, दम, सास फेर्न समस्या, मधुमेश वा उच्च रक्तचापजस्ता कुनै गम्भीर रोग लाग्नु हुँदैन ।
बिरामीको हेरविचार गर्दै गर्दा सधैं तीन तह भएको मास्क, डिस्पोजेबल ग्लव्स र एउटा प्लास्टिक एप्रोन प्रयोग गर्नुहोस् । एप्रोनलाई सधैं सोडियम हाइपोक्लोराइटले सफा गर्नुहोस् । हात नधोइकन आफ्नो नाक, मुख र अनुहार नछुनुहोस् ।
शौचालय जानु अघि र पछि, खाना बनाउनु अघि र पछि आफ्नो हात राम्रोसँग धुनुहोस् । बिरामीको र्याल, थूक र हाँच्छिउको सीधा सम्पर्कमा आउनबाट जोगिनुहोस् । बिरामीले प्रयोग गरेका कुनै पनि वस्तु नछुनुहोस् । बिरामीलाई खाना दिने बेला उनको सिधा सम्पर्कमा नआउनुहोस् । खाना कुनै स्टुल वा टेबलमा राखिदिनुहोस् । बिरामीद्वारा प्रयोग भाँडा उठाउने बेला डिस्पोजेबल ग्लव्स लगाउनुहोस् ।
बिरामीको कोठा, शौचालयको सतहलाई हरेक दिन स्यानिटाइज गर्नुहोस् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घट्न थाल्यो डेंगु सङ्क्रमण, जोखिम कायमै रहने
-
बाढीले बागमती कोरिडोरमा भएको क्षतितर्फ सरकारको अझै पुगेन ध्यान (तस्बिरहरू)
-
हेटौँडा–१२ : नागरिकको घरघरमा कांग्रेस उम्मेदवार तिवारी
-
एमाले तेह्रथुममा संस्थापनलाई पराजित गर्न दुङ्गानाले बेहोरेको सकस
-
गोरखाको द्रव्यशाह क्याम्पसमा दुनाटपरी गाँस्ने तालिम
-
गौरीटार रङ्गशालाको काम समयमै सक्न मन्त्री महर्जनको निर्देशन