फिल्मकर्मीले संचालनमा ल्याए नेशनल इएनटी सेन्टर
काठमाडौंँ । निर्माता, निर्देशक, छायाँकार एवं लेखक किशोर ढकाल तथा निर्माता एवंं प्रदर्शक छिरिङ दोर्जे लामाले जमलस्थित विश्वज्योति मलको तेस्रो तल्लामा नाक, कान, घाँटी रोग उपचार केन्द्र (नेशनल इएनटी सेन्टर) सञ्चालनमा ल्याएका छन् ।
नयाँ वर्षको अवसर पारेर पूजाआजा गरी सञ्चालनमा ल्याइएको केन्द्रले ३ दिने निःशुल्क नाक कान घाँटी स्वास्थ्य परामर्श शिविर समेत आयोजना गरिएको छ । फिल्मकर्मी ढकालका अनुसार शिवीर शुक्रवारसम्म चल्नेछ
सो केन्द्र ढकाल तथा निर्माता एवंं प्रदर्शक छिरिङ दोर्जे लामाका साथमा नाक, कान, घाँटी विशेषज्ञहरु डा. दिपेन्द्र श्रेष्ठ, डा. रेश्की देव, डा. सविना श्रेष्ठ, डा. राजेश देव र डा. जयनेन्द्र प्रधानाङग तथा अडियोलोजिस्ट विद्वान भुषाल र भागिमान विष्टले सञ्चालनमा ल्याएका हुन् । केन्द्रमा नाक, कान र घाँटीसम्बन्धी सबै समस्याको परिक्षण तथा शल्यक्रियालगायतका परिक्षण हुने केन्द्रले जनाएको छ ।
सयौं फिल्म छायांँकनका साथ थुपै्र फिल्म निर्देशन गर्दै आएका फिल्मकर्मी ढकालले स्वास्थ्य क्षेत्रबाट सामाजिक सेवा गर्ने उद्येश्यले सो उपचार केन्द्र सञ्चालनमा ल्याएको बताए । उनले कला क्षेत्रका व्यक्तित्वका लागि आप्mनो कला केन्द्रबाट विशेष सेवा र सहुलियत प्रदान गर्ने समेत बताए ।
त्यसैगरी, फिल्म निर्माता तथा प्रदर्शक छिरिङले कला क्षेत्रसँगै अन्य क्षेत्रबाट समेत टेवा पु¥याउने उद्येश्यले केन्द्रलाई सञ्चालनमा ल्याएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी