शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

रुरु जलविद्युतको आईपीओ बाँडफाँट, यसरी हेर्न सकिन्छ नतिजा

शुक्रबार, ०३ वैशाख २०७८, १० : ५४
शुक्रबार, ०३ वैशाख २०७८

रुरु जलविद्युत परियोजनाको आईपीओ शुक्रबार  बाँडफाँट भएको छ । बिक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालयमा शुक्रबार बाँडफाँट भएको हो । ३७ हजार ९ सय १६ जना आवेदकले १० कित्ताका दरले सेयर पाएका छन । बाँडफाँट गरेर बाँकी रहेको ७ कित्ता सेयर भने १० कित्ताभन्दा बढी आवेदन दिएकामध्ये ७ जनालाई १–१ कित्ताका दरले थप गरिएको छ । गोलाप्रथाबाट बाँडफाँट गरिएको हो ।

आवेदन दिएका १५ लाख ९० हजार ८ सय ९६ जना आवेदकलाई गोलाप्रथामा सहभागी गराइएको थियो । यसमा आवेदन दिएका ८ हजार ५ सय ३५ जना आवेदकको आवेदन रद्द भएको छ ।

सीडीएस एन्ड क्लियरिङको https://iporesult.cdsc.com.np/ बाट रिजल्ट हेर्न सकिन्छ । बिक्री प्रबन्धकको वेबसाइटबाट पनि आईपीओको नतिजा हेर्न सकिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप